काठमाडौं, ८ फागुन । सरकारद्वारा प्रतिब’न्धित नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारसँगको वार्ताका लागि आफूहरू सकारात्मक रहेको बताएका छन् ।
विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै वार्ताका लागि तयार रहेको जानकारी दिएका हुन् । आफ्नो पार्टीलाई गतिविधि गर्ने सहज हुने अवस्था रहेमा सरकारसँग संवाद र वार्ताका लागि तयार रहेको विप्लवले बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ – ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रूपान्तरण एवं जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्न अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौं ।’
सरकारले विप्लव नेतृत्वको पार्टीमाथि २ वर्ष पहिला फागुन महिनामै प्रतिबन्ध लगाएको थियो ।