यस्तो काहानीमा ‘पीके २’ बन्दै, आमिरको स्थानमा रणवीर देखिने

'पीके २'

सन् २०१४ मा रिलिज फिल्म ‘पीके’लाई दर्शकले अत्याधिक मनपराए । आमिर खान, अनुष्का शर्मा र स्वर्गीय सुशान्त सिंहको मुख्य अभिनय रहेको सन् २०१४ को सर्वाधिक सफल फिल्ममा विशेषतः आमिरको भूमिकालाई दर्शकले रुचाए । अहिले भने यो फिल्मको सिक्वेल बन्ने नयाँ खबर बलिउडमा छ ।

समाचारअनुसार फिल्मको सिक्वेलमा आमिरको स्थानमा रणवीर कपूर देखिनेछन् । यो फिल्म सकिँदाको अन्तिम दृश्यमा रणवीर कपुर देखिएका थिए । त्यहीकारण फिल्मको सिक्वेलमा रणवीरले नै बाँकी कथालाई अगाडि बढाउनेछन् ।

पिके फिल्म निर्माता विधु विनोद चोपडाले पिकेको सिक्वेल बनाउने घोषणा गरे सँगै उनले अहिले यसको तयारी भइरहेको समेत बताएका छन् । सिक्वेलमा आमिर खान देखिने छैनन् भने आमिरको ठाउँमा रणवीर कपूरले मुख्य भूमिका निभाउने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

फिल्ममा रणवीर कपूरको क्यारेक्टर दोस्रो प्लानेटबाट पृथ्वीमा आएको देखाइएको छ । फिल्म लेखक अभिजात जोशीले अहिलेसम्म कहानी लेखिसकेका छैनन् । कहानी लेखेर सकिने बित्तिकै फिल्म सुरु गरिने निर्माता विधुको भनाइ छ ।

यो फिल्म हिरानी–चोपडा प्रोडक्सनका फिल्महरुको हिट फिल्मको सूचीमा पर्दछ । यो जोडीले ‘मुन्नाभाई’ जस्तो हिट फिल्म दिएको थियो । फिल्म फिल्म ‘पीके’ले अ’न्धविश्वास माथि प्रहा’र गरेको थियो ।

भिडियो

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्