तपाइको आज: २०७७ फागुन ९ आइतवारको राशिफल

राशिफल - rasifal

२०७७ फागुन ९ आइतवार, नवमी – Feb 21, 2021

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम बन्न सक्छन् । थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ ।साथीभाइसँगको सम्बन्ध आत्मीय बन्नेछ । हाँकेको÷ताकेको काममा आफन्तहरूले राम्रो सहयोग र सद्भाव प्रदान गर्नेछन् ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । विशिष्ट व्यक्तिले तपाईंको विचारको कदर गर्नेछन् । स्वास्थ्यस्थिति सन्तोषजनक रहनेछ । बन्दव्यापार फस्टाउने योग छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुनाले आत्मसन्तुष्टि प्राप्त हुनेछ । आभूषण, श्रृङ्गार, साजसज्जा, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह – आजको प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – खर्चमा नियन्त्रण गर्नुपर्छ । कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । पारिवारिक वातावरण पनि तपाईंको अनुकूल हुने छैन । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी आइलाग्न सक्छन् तर शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घरमा परपाहुनाको चाप बढ्नसक्छ । 

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट प्रतिष्ठा प्राप्त हुनेछ । प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । 

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – प्रयाससाध्य समय छ धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । प्राविधिक काममा सफलता प्राप्त हुने छ । आत्मविश्वास जाग्नेछ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ । हाकिम वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । श्रममूलक काममा मन जानेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउने छ । 

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते – नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ । निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आई अवश्यै उन्नति हुनेछ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु – आर्थिकरूपमा सबल बन्नु हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । सामाजिक सम्मान र प्रतिष्ठा प्राप्त हुने दिन छ । सुरुमा चिन्ता र छटपटी देखिए पनि दिन छिप्पिंदै जाँदा शरीरमा स्फूर्ति र उमङ्गको सिर्जना हुनेछ । धन, धर्म र भाग्यबलमा बढोत्तरी हुने छ । गर्नु नपर्ने काम भए पनि त्यसको उपलब्धी राम्रै हुने सम्भावना छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । सुरुमा घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । बन्दव्यापारबाट राम्रै आय हुनसक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, आज । घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द – व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । साँझमा दिनभरिका क्रियाकलापको लेखाजोखा गर्न मन लाग्नेछ । बुद्धिपक्ष र प्राज्ञिक क्षेत्रमा राम्रो छ । कामधन्दा र व्यवसायका लागि काम गर्ने राम्रो वातावरण बन्नेछ । बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ । आजको चिन्तन र विचारले काम गर्नसक्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि –  अस्थिरता र अधैर्यतालाई त्यागेर हिम्मतका साथमा अघि बढ्ने आत्मबल प्राप्त हुनेछ । छरछिमेकीसँग टाढिंदै गएको सम्बन्धमा सुधार आउने छ, त्यस्तै आफन्त, नातागोता वा घरपरिवारबाट आवश्यक सहयोग प्राप्त हुनेछ । मान्यजनको सुझावबमोजिम व्यवहार गर्नसकेमा फाइदा हुनेछ । परिश्रम गरेबमोजिम आम्दानी र प्रतिष्ठा प्राप्त हुनेछ । 

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्