म्यानमारमा आ’न्दोलन चर्किँदै ,२ प्रदर्शनकारीको मृत्यु

myanmar

म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा शनिबार सुरक्षाकर्र्मीद्वारा चलाएको गो’ली लागी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ । म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले एएफपीसँगको कुराकानीमा सुरक्षा कार’बाहीमा दुई व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन् ।

“आ’क्रोशित प्र’दर्शनका’रीहरूको भीडमाथि नियन्त्रणका लागि गो’ली चलाउनुपरेको उक्त घटनामा दुई व्यक्तिको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन्,” मन्डलायास्थित स्वयम्सेवी आप’तकालीन उद्धार टोलीका प्रमुख ह्लाइंग मिन ओओले भने । घाइतेमध्ये अधिकांश व्यक्तिलाई प्रहरीले सिधै गो’ली हानेको प्रत्यक्षदर्शीहरूले बताए । मृतकमध्ये एक जना किशोर रहेको र उनको टाउकोमा गो’ली लागेको ओओले बताए ।

एक अर्का स्वयम्सेवी उद्धारकर्ताले पनि समाचार तयार पार्दासम्म मृत्यु भएकाको सङ्ख्या दुई पुगेको पुष्टि गरे । म्यानमारमा केही हप्ता पहिले निर्वाचित सरकारलाई सैनिक ‘कू’ मार्फत् हटाएर सेनाको नेतृत्वमा प्रशासनिक कामलाई अघि बढाइएको छ । एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्