इजरायलमा कोरोनाका कारण अस्पताल भर्ना हुनेको संख्या घटेपछि इजरायलमा लकडाउन खुकुलो हुँदै

इजरायल

इजरायलमा कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुने र मृतकको संख्या घटाउन फाइजरको खोप ९५ दशमलव ८ प्रतिशत प्रभावकारी सावित भएको अध्ययन सार्वजनिक भएसँगै लकडाउन खुकुलो हुँदैछ । यहाँ, आइतबारबाट पसल, पुस्तकालय र संग्रहालयहरु खुल्न पाउनेछन् । तर सामाजिक दूरी र मास्कको प्रयोग भने अझै पनि आवश्यक पर्नेछ ।

जन–जीवन सामान्य अवस्थामा फर्काउने कामको पहिलो चरण चलिरहेको स्वास्थ मन्त्रालयले जनाएको छ । इजरायलमा खोपको प्रयोगको दर विश्वमै उच्च छ, यहाँ ४९ प्रतिशत जनताले कम्तिमा खोपको एक डोज लिइसकेका छन् । भाइरसको संक्रमण पुन तिव्र फैलिएपछि २७ डिसेम्बरमा इजरायलमा तेस्रो लकडाउन सुरु भएको थियो । मापदण्ड खुकुलो भएपछि अब मानिसहरु सपिङ मल र चिडियाघर जस्ता पर्यटकीय क्षेत्रमा प्रवेश गर्न सक्नेछन् ।

जीम, होटल लगायतका धेरै क्षेत्रहरु अब खुल्न पाउनेछन् । यद्यपि, यहाँ छिर्नका लागि ग्रिन पासपोर्ट चाहिन्छ र खोप लगाइसकेपछि मात्रै यो पासपोर्ट पाइन्छ । भाइरसबाट भर्खरै निको भएकाले अहिले तत्कालै खोपका लागि योग्य नरहेका सानो संख्याका मानिसहरुले पनि यो पासपोर्ट पाउँछन् ।

एप मार्फत प्राप्त गर्नसकिने यो पासपोर्ट स्वास्थ मन्त्रालयले जारी गर्छ र ६ महिनाका लागि वैध हुन्छ, खोपको दोस्रो डोज लगाएको दुई सातापछि यो पासपोर्ट पाइन्छ । मानिसहरुका लागि अहिले कन्सर्ट र खेलकुद गतिविधिहरु पनि खुला गरिएको छ । यद्यपि, त्यहाँ सिमित मानिसमात्रै आउन पाउँछन् । लकडाउन खुकुलो गरिएपनि इजरायलको एयरपोर्ट अर्को दुई सातासम्म बन्द रहनेछ ।

इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक खोप अभियान सञ्चालन गरिरहेको छ । इजरायलको खोप अभियान विश्वमै सर्वाधिक तिब्र रहेको छ । डिसेम्बरयता इजरायलमा ४२ लाख ५० हजारलाई पहिलो डोज खोप दिइसकिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झण्डै २८ लाख ८० हजार व्यक्तिलाई दुई डोज खोप दिइएको छ । खोप लिएका व्यक्तिमा गरिएको अनुसन्धानबाट खोपले झण्डै ९५.८ प्रतिशत प्रभावकारी प्रमाणित भएको मन्त्रालयको भनाई छ । साथै, फाइजरको खोप गम्भीर बिरामी व्यक्तिका लागि ९९.२ प्रतिशत र मृत्युदर रोक्न ९८.९ प्रतिशत सफल रहेको पाइएको छ ।

स्वास्थ्य मन्त्रालयका महानिर्देशक हेजी लेभीले शनिबार विज्ञप्ति जारी गर्दै सरकारले १६ वर्ष वा सोभन्दा माथिका सबै जनतालाई खोप लगाउने योजना रहेको उल्लेख छ । इजरायलले बजारमूल्य भन्दा बढीमा फाइजर खोप किन्नुका साथै अमेरिकी कम्पनी फाइजरसँग डेटा आदानप्रदान गर्न सहमति जनाएको छ । एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्