भारतबाट किनेको कोभिड-१९ वि’रुद्धको खोप ‘कोभिशिल्ड’ काठमाडौं आइपुग्यो

भारतबाट किनेको कोभिड-१९ वि'रुद्धको खोप 'कोभिशिल्ड' काठमाडौं आइपुग्यो

काठमाडौं, ९ फागुन । सरकारले भारतबाट किनेको कोभिड-१९ वि’रुद्धको खोप ‘कोभिशिल्ड’ आज आइतवार काठमाडौं आइपुगेको छ । भारतको सेरम इन्ष्टिच्युट बाट किनेको कोभिड-१९ वि’रुद्धको १० लाख डोज खोप आज दिउसो एयर इन्डियाको विमानबाट नेपाल आइपुगेको हो ।

खोप त्रिभुवन विमानस्थल बाट टेकु स्थित कोल्ड रुपमा भण्डार गरीने छ । नेपालले भारत सँग २० लाख डोज किनेकोमा त्यसको आधा आज ल्याइएको हो । कोभिसिल्ड नामको यही खोप यसअघि लगाउन थालिसकिएको छ । भारतले अनुदानमा दिएको खोपपछि आफैँले किनेको यो पहिलो खेप हो ।

फागुन २३ गते बाट सबै जिल्लाको स्वास्थ्य कार्यालयको समन्वयमा यसको वितरण हुनेछ । २० लाख डोज खोप द्रुत गतिबाट खरिद गर्नेगरि यसअघि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । किनीएको २० लाख डोज खोपमध्ये बाँकी १० लाख डोज पनि छिट्टै प्राप्त हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्