इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा एक जनाको मृत्यु

मृत्यु

दाङ, ९ फागुन । इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरा’सतमा रहेका एक ब्यक्तिको मृत्यु भएको छ । हिरा’सतमा रहेका रोल्पाको गंगादेव गाउँपालिका– ३ पातिहाल्ना निवासी ४५ वर्षीय नन्दलाल वलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिववहादुर सिंहले जानकारी दिए ।

मदिरा सेवन गरेर कान्छी श्रीमतीलाई कु’टपि’ट गरेको उजु’री परेपछि उनलाई शनिबार राति ११ बजेतिर पक्राउ गरिएको थियो । आईतबार राति २ बजेतिर बिरामी परेपछि उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएका उनको आईतबार बिहान ९ बजेतिर उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए ।

उनका अनुसार अत्याधिक मदि’रा सेवन गरेका उनी हिँड्न नसक्ने अवस्था भएपछि प्रहरीले बोकेरै कार्यालयसम्म ल्याएको थियो । डिएसपी सिंहले उनी २०५९ सालदेखि कान्छी श्रीमतीसँग तुलसीपुरमा कोठा भाडामा लिएर बस्दै आएको जानकारी दिए । उनकी जेठी श्रीमती रोल्पामै छिन् । उनको शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शवदाह गृहमा राखिएको छ । आफन्तले भने उनको मृत्युको सत्यतत्य नखुल्दासम्म शव नबुझ्ने बताएका छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक