गोरखा, ९ फागुन । गोरखाको आँबुखैरेनी सडक खण्ड अन्तर्गत बाह्रकिलोमा आइतबार बस दु’र्घटना हुँदा सात जना घाइते भएका छन् । गोरखाबाट नारायणगढका लागि छुटेको ग १ ख ४१०४ नम्बरको मिनीबस सडक बाट करिब १५ मिटर तल खसेर दुर्घ’टना भएको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ ।
घा’इतेहरुको गोरखा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला ट्राफिक इन्चार्ज मित्रलाल ढकालले बताए । ‘यात्रु कुर्ने क्रममा बसलाई स्टार्टमै राखेर चालक ओर्लेको रहेछ,’ ढकालले भने, ‘त्यही बेला गाडी एक्कासी गुड्न पुग्दा दुर्घ’टना भएको रहेछ ।’ केही यात्रुहरु भने गाडी बाट ओर्लन सफल भएको उनले बताए । चालक प्रहरी नियन्त्रणमा रहेको उनले जानकारी दिए ।