ट्राफिक प्रहरीलाई घु’स दिन खोज्ने एक व्यक्ति पक्राउ

पक्राउ

सुर्खेत, ९ फागुन । सुर्खेतमा ट्राफिक प्रहरीलाई घु’स दिन खोज्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको गोठीचौर गाउँपालिका–५ का मोटरसाइकल चालक राजकुमार भण्डारी रहेको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ ।

वीरेन्द्रनगर–६ सिटी बसपार्कमा चेकजाँचका क्रममा उनले प्रहरीलाई १ हजार रुपैयाँ दिन खोजेका थिए । मोटरसाइकलमा नम्बर प्लेट नराखेका उनलाई चेकजाँच गर्न खोज्दा पैसा दिन खोजेपछि पक्राउ गरिएको सुर्खेतका ट्राफिक प्रहरी प्रमुख उपेन्द्रप्रसाद आचार्यले जनाए ।

उनीसँग लाइसेन्स र बिलबुक पनि नभएको पाइएको छ। उनलाई आवश्यक कार’बाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक