भान्जाको अ’पह’रण गर्ने मामा पक्राउ

भान्जाको अ'पह'रण गर्ने मामा पक्राउ

जनकपुर, ९ फागुन । धनुषाबाट भान्जाको अ’पह’रण गर्ने मामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका ७ दनौली घर भई हाल जनकपुरधाम उपमहानगरपालिका ७ मा बस्दै आएका २० वर्षीय रामरतन भन्ने लक्ष्मेश्वर कुमार दास रहेको प्रहरीले जनाएको छ ।

धनुषाको नगइराइन नगरपालिका ६ मा बसोबास गर्ने रमेश दासका ७ वर्षीय छोरा चन्दन दासलाई लक्ष्मेश्वरले शनिबार दिउँसो १ बजे मोटरसाइकलमा राखी लगेका थिए । प्रहरीले दिएको जानकारी अनुसार शनिबार साँझ ७ बजे बालककी आमालाई फोन गरी अ’पहर’णकारी मामाले उनीसँग १ करोड रुपैयाँ फि’रौती मागेका थिए ।

बालकको अ’पहर’ण बारे उनका अभिभावकले प्रहरीलाई जानकारी दिनासाथ तत्कालै जिल्ला प्रहरी कार्यालय धनुषा र २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर बाट खटेको विशेष टोलीले लक्ष्मेश्वर कुमार दासलाई राति साढे आठ बजे पक्राउ गर्न सफल भएको थियो ।

लक्ष्मेश्वर कुमारलाई धनुषा प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । अप’हृत बालकलाई शनिबार राति अन्दाजी साढे ८ बजे जनकपुरधाम वडा नम्बर ७ स्थित कटैयाचौरी बस्ने सरोज ठाकुरको घरबाट उद्धार गरिएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

अपहृत बालकलाई परिवारजनको जिम्मा लगाईसकेको र घ’टनामा संलग्न रहेको आशं’काको आधारमा अन्य दुई जनालाई समेत पक्राउ गरी अनु’सन्धा’न भईरहेको प्रहरी उपरीक्षक रानाभाटले बताए । तर प्रहरीले पत्रकार सम्मेलनमा लक्ष्मेश्वरलाई मात्र सार्वजनिक गरेको छ ।

प्रहरी उपरीक्षक रानाभाटले पैसाको लोभमा परेर मामाले अ’पह’रण गरेको प्रारम्भिक अ’नुसन्धा’न बाट खुलेको बताए । उनले भने, ‘अभिभावकले अ’पह’रणको सूचना सँगै फिरौती बापत रकम माग गरेको भन्दै जानकारी दिएपछि खोजतलास गरेका हौँ ।’

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक