गायिका शान्तिश्री परियारले कसलाई भनिन ‘म तिम्रो फ्यान’ (भिडियो सहित्)

MA TA TIMRO FAN | Shanti Shree Pariyar,Kushal Bishowkarma | FT.sraaj,Prabesh Singh | New Song 2021

प्रकाश रसाइलीको सब्द सिर्जनामा रहेको ‘म त तिम्रो फ्यान’ नामक लोक दोहोरी गीत डिजिटल बजारमा सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायिका शान्तिश्री परियार र कुशल बिश्वकर्माको स्वर रहेको छ ।

सुरेश रमण अधिकारीले लय सिर्जना गरेको गीतलाई हेमन्त कान्छा रसाइलीले संगीत संयोजन गरेका हुन । प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको अडियो मिक्सिङ तथा मास्टरिङ्ग श्यामसोयत रसाईलीले गरेका हुन ।

गीतको भिडियोमा एसराज, पबित्र आचार्य, प्रवेश, दिपाशा बि.सि लगायतको निकै राम्रो अभिनय देख्न सकिन्छ । भिडियोलाई शिशिर खातीले निर्देशन गरेका हुन भने छायांकन बिरेन्द्र भट्टले गरेका हुन । भिडियोलाई सम्पादन रबिन बि.कले गरेका हुन् ।

अग्रजहरुको साथ र माया पाएर लोकगीत संगीतको आकाशमा उदाउने प्रयास गरेका गीतकार प्रकाश रसाईलीले यो भन्दा अगाडि ‘आटो ढिंडो’ गीतमा आफनै स्वर दिइसकेका छन भने नरोउ नरोउ हेर, हाम्रो रगत, अर्कैको नासो लगायतका गीतमा पनि सब्द कोरिसकेका छन ।

रसाइली बिगत ६ बर्ष देखी संचार क्षेत्रमा समेत आवद्ध छन । आफु संचार क्षेत्रमा लागेसँगै लोकसाँगितिक यात्रामा पाईला चाल्न झनै उत्प्रेरणा जागेको बताउने रसाईलीले अरुले दिएका कथा बस्तुमा सजिलै शब्द उन्दै आएका छन । उनको लोक साँगितीक दुनियाँमा यात्रा सफल रहोस शुभकामना ।

गीतको पुरै भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक