पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई मंगलबार अस्पताल भर्ना गरिने

डा.बाबुराम भट्टराई

काठमाडौं, १० फागुन । उपचारका लागि दिल्ली पुगेका पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई मंगलबार अस्पताल भर्ना गरिने भएको छ ।

भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेका अनुसार डा. भट्टराईलाई ‍नयाँ दिल्ली स्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा भर्ना गर्न लागिएको हो । पाण्डेले भोलि भट्टराईलाई अस्पतालमा भर्ना गरिने जानकारी दिएका हुन । भट्टराई लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् ।

काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका उनलाई चिकित्सकहरुले न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका गरेर थप उपचारका लागि सल्लाह दिएपछि भट्टराई दिल्ली गएका हुन्।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist