केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई नख्खु जे’लमा थुन्ने चेतावनी

रविन्द्र मिश्र

काठमाडौं, ११ फागुन । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई नख्खु जे’लमा थुन्ने चेतावनी दिएका छन् । सोमबार काठमाडौंमा आयोजित वि’रोध कार्यक्रममा बोल्दै अध्यक्ष मिश्रले आफूहरु सरकारमा जाने र तीन जना नेताहरुलाई जेलमा पुर्‍याउने बताएका छन् ।

उनले आफूहरु सरकारको नेतृत्वमा पुग्नासाथ अहिले ती दलका नेताहरुले गरेको अप’राधको आ’रोपमा सर्वोच्च र अख्तियारबाटै नख्खु जेलमा पुर्‍याउने चेतावनी दिएका थिए ।

‘विवेकशील साझा पार्टी यो देशको नेतृत्वमा पुग्छ । बालुवाटारबाट बालकोट जानु भएका नेतालाई आराम गर्न नख्खु जेल पुर्याउँछौ’, उनले भने, ‘बूढानीलकण्ठबाट बालुवाटार आउने सपना देख्नु भएको होला । हेरौँला । तपाईँ पनि नख्खुमा घाम ताप्न पठाउनेछौँ । उहाँलाई पनि खुमलटारबाट नख्खुमा जानुपर्नेछ ।’

उनले प्रधानमन्त्री ओलीले ‘कू’ गरेको विषय अहिले सर्वोच्च अदालतमा विचाराधीन रहेको बताउँदै सर्वोच्चले निर्णय उल्टाए कसरी हुन्छ चुनाव ? भन्दै प्रश्न गरेका छन् ।

‘सबैले सर्वोच्च अदालतको निर्णय पर्खिरहेका छन् । केपी ओली सर्वोच्च अदालतले के निर्णय गर्ला भनेर थरथराइरहनुभएको छ । उहाँ किन डराइरहनुभएको छ ?’, उनले सोधे, ‘देशमा प्रमुख प्रतिपक्षी दलको नेता हुनुहुन्छ । उहाँ सर्वोच्च अदालतले आफूले चाहेको जस्तो निर्णय गर्देला र म खाउँला भनेर पर्खिरहनु भएको छ।’

उनले देशमा सम्पत्ति शुद्धीकरण, अख्तियार, सर्वोच्च रहेको र यी संस्थालाई स्वतन्त्र रुपमा काम गर्न दिनेबित्तिकै तिनले काम गर्न थाल्ने बताए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफूलाई सीमाभित्र बस्न भनेको सम्झिँदै उनले संविधानको सीमाभित्र बस्न उनलाई चेतावनी दिएका छन् ।

मिश्रले देशमा भ्र’ष्टाचार बढेकाले थप जेलको संख्या थप गर्नुपर्ने बताएका छन् । उनले भ्र’ष्टाचारलाई आफुहरुले जेल हाल्ने बताए । ‘प्रधानमन्त्रीका सल्लाहकारले मलाई चेतावनी दिँदै भन्नुभयो, तपाईं सीमामा बसेर बोल्नुहोस् । म उहाँहरुलाई चेतावनी दिँदै भन्छु, तपाईंहरु संविधानको सीमा नमिची बस्नुस् । तपाईंहरु नियम र कानुनको सीमाभित्र बस्नुस्’, मिश्रले भने।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

3 hours ago

DeeYan Media
परदेशीलाइ दशैं हेर्नुहोस कस्तो हुन्छ !www.youtube.com/watch?v=0ve1m2P7FjQ ... See MoreSee Less
View on Facebook

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist