१ वर्षीय छोरीलाई घाँ’टीमा डोरी बाँधेर ह’त्या, आफूले समेत आ’त्मह’त्या गर्ने प्रयास

पक्राउ

बुटवल, ११ फागुन । आफ्नै १ वर्षीय काखे छोरीलाई घाँ’टीमा डोरी बाँधेर ह’त्या गरी आफूले समेत आ’त्मह’त्या गर्न प्रयास गरेकी एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको मायादेवी गाउँपालिका–३ स्थित हरहरवाकी २१ वर्षिय प्रेमा यादव रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले आफ्नै कोठाको पंखामा १ वर्षिय बालिकाको घाँ’टी बाँ’धेर ह’त्या गर्ने र आफुले समेत डोरी मार्फत आ’त्मह’त्या गर्ने प्रयास गरेकी थिइन । आ’त्मह’त्या गर्ने प्रयास गरेकी प्रेमाको नन्दले देखेपछि डोरी का’टेर बचाएको भन्ने खुल्न आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्य नारायण थापाले जानकारी दिए ।

डीएसपी थापाका अनुसार १ वर्षिय बालिकालाई आफन्तहरुले नजिकैको खोलामा लगेर गा’डिसकेको भन्ने खबर प्राप्त भएपछि तत्काल प्रहरी परिचालित भइ खोज्ने क्रममा दानव खोला नजिक शं’काष्पद ठाउँमा खनेर हेर्दा बालिकाको श’व फेला परेको थियो । बालिकाको घाँ’टीमा शं’काष्पद दाग देखिएकोले पो’ष्टमा’र्टमका लागि भैरहवा स्थित भीम अस्पतालमा पठाइएको उनले जानकारी दिए ।

घ’टनाको अ’नुस’न्धानको क्रममा प्रेमा सहित उनको ससुरा मायादेवी–३ हरहरवाका ५५ वर्षिय बुद्धिराम यादव, सासु ४५ वर्षिय राजमति यादव, श्रीमान् २२ वर्षिय राज कुमार यादव र साथी लुम्बिनी सांस्कृतिक नगरपालिकाका २६ वर्षिय प्रदिप चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्