रवि लामिछाने टिमको नयाँ टेलिभिजन घोषणा, यस्ता कार्यक्रम ल्याउने तयारी

रवि लामिछाने टिमको नयाँ टेलिभिजन घोषणा, यस्ता कार्यक्रम ल्याउने तयारी

काठमाडौं, ११ फागुन । चर्चित प्रस्तोता रवि लामिछाने सहितको टिमले नयाँ टेलिभिजन च्यानल ल्याएका छन् । गोरखा मिडिया नेटवर्क प्रालि अन्तर्गत ‘ग्यालेक्सी फोरके’टेलिभिजन च्यानल सुरु गरिएको हो । यो टेलिभिजनको म्यानेजिङ डाइरेक्टरको जिम्मेवारीमा लामिछाने छन् । उनीहरुले नेपालकै पहिलो फोरके टिभी ल्याएको बताएका छन् ।

उक्त टेलिभिजन च्यानलको मंगलबार काठमाडौंको मेरिएट होटलमा एक कार्यक्रम बीच घोषणा गरिएको हो । यो टेलिभिजन च्यानलबाट जनताका आवाजलाई प्राथमिकता दिँदै मनोरञ्जनात्मक कार्यक्रम पनि प्रसारण गरिने बताइएको छ ।

यो टेलिभिजन सञ्चालक कम्पनी गोर्खा मिडिया नेटवर्क प्रालिको अध्यक्षमा जेबी राई छन् । उपाध्यक्षमा छबिलाल बन्जाडे जोशी र निर्देशकमा शम्भु गुरागाईँ रहेका छन् । टिभीको क्रिएटिभ निर्देशकमा विवेक आचार्य रहेका छन् ।

टेलिभिजन घोषणा कार्यक्रममा केही महत्वपूर्ण कार्यक्रम पनि सार्वजनिक गरिएको छ । उक्त टेलिभिजन च्यानलले भारतमा चर्चित भएका टेलिभिजन कार्यक्रमलाई नेपालीमा बनाएर चलाउने भएको छ । यो टेलिभिजन च्यानलले ‘सारेगमप लिटिल च्याम्प’ चलाउने घोषणा गरेको छ । त्यस्तै भारतमा चर्चित र सफल बनेको हिन्दी रामायणको नेपाली भर्सन पनि चलाउने घोषणा यो टेलिभिजन च्यानलले गरेको छ ।

घोषणा कार्यक्रममा आयोजकले ‘को बन्छ करोडपति’ कार्यक्रम महानायक राजेश हमालले चलाउने बताए । त्यस्तै भारतको सोनी टेलिभिजन च्यानलमा सुपर हिट बनेको ‘क्राइम पेट्रोल’ को नेपाली भर्सन पनि चर्चित कलाकार दीपकराज गिरीले चलाउने भएका छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक