महिलालाई आफ्नो पवित्रता प्रमाणित गर्नका लागि बेस्सरी तात्तिएको तेलमा हात हाल्न बाध्य

महिलालाई आफ्नो पवित्रता प्रमाणित गर्नका लागि बेस्सरी तात्तिएको तेलमा हात हाल्न बाध्य

भारतको महाराष्ट्रको उस्मानाबादमा एक महिलालाई आफ्नो पवित्रता प्रमाणित गर्नका लागि बेस्सरी तात्तिएको तेलमा हात हाल्न बाध्य पारियो । भारतीय सञ्चार माध्यमका अनुसार उस्मानाबादको परन्डामा बस्ने महिला ४ दिन सम्म घर बाट गायक थिइन् । जब उनी फिर्ता भइन् तब उनका श्रीमानले नै तातेको तेलमा हात हालेर पाँच भारुको सिक्का निकाल्न भने । यतिमात्रै होइन, श्रीमानले नै आफ्नो मोबाइल बाट घ’टनाको भिडियो बनाए ।

महिलाका श्रीमान् ड्राइभर हुन् र ११ फेब्रुअरीमा माइती जाने कुरामा यी दुईबीच झगडा भएको थियो । त्यस पछि महिलाले कसैलाई केही नभनी घर बाट उस्मानाबादका लागि निस्किइन् । महिलाका श्रीमानले उनलाई खोजिरहे । चार दिन पछि महिला घर फर्कँदा आफूलाई बाइकमा सवार दुई व्यक्तिले जबर’जस्ती आफूसँगै लिएर गएको र चार दिनसम्म बन्धक बनाएको बताइन् ।

महिला पारधी समुदायकी हुन् । यो समुदायमा वास्तविकता खोल्नका लागि भगवानको नाममा बेस्सरी तात्तिएको तेलबाट सिक्का निकाल्ने कुप्रथा रहँदै आएको छ । यदि सिक्का निकाल्नेले झुटो बोलेको छ भने उसको हात पोल्ने र तेलमा आगो बल्ने मान्यता राखिन्छ । यसै मान्यताको आधारमा महिलाका श्रीमानले उनको अग्निपरीक्षा लिएको बताए ।

भिडियोमा महिलाका श्रीमानले यसो भनिरहेका छन्, ‘मेरी श्रीमतीका अनुसार उनलाई एक व्यक्ति र एक प्रहरीले आफूसँगै लिएर गएका थिए तर उनीहरुले उनलाई केही पनि गरेनन् । मेरी श्रीमती साँचो बोलिरहेकी छिन् त भनेर थाहा पाउनका लागि म यस्तो गरिरहेको छु ।’ भिडियो सार्वजनिक भएपछि महाराष्ट्र परिषद्की सभापति निलम गोरहेले गृहमन्त्री अनिल देशमुख सँग कारवाहीको माग गरेकी छिन् । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक