सर्वोच्चको फैसलापछि प्रचण्ड–नेपालले एकअर्कालाई लड्डु खुवाए

सर्वोच्चको फैसलापछि प्रचण्ड–नेपालले एकअर्कालाई लड्डु खुवाए

काठमाडौं, ११ फागुन । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल बुधबार अपरान्ह चितवन गएका थिए । बिहीबार हुने आमसभालाई सम्बोधन गर्न अध्यक्षद्वय चितवन पुगेका बेला सर्वोच्च अदालतले म‌गलबार संसद पुनर्स्थापना गर्ने आदेश सुनायो । सँगै १३ दिनभित्र संसद अधिवेशन बोलाउन भनेको छ ।

अदालतको आदेशबारे सूचना पाएलगत्तै प्रचण्ड र नेपालले एक-अर्कालाई लड्डु खुवाएका छन् । उनीहरुले कार्यकर्तालाई पनि संसद पुनर्स्थापना भएकोमा बधाई दिएका छन् । बुधबार हुने भनिएकाे कार्यक्रम अब विजय सभामा परिणत हुने भनिएको छ ।

उच्च स्रोतका अनुसार सर्वोच्चको फैसलालाई प्रतिगमनको हा’र र लोकतन्त्रको जितका रूपमा लिएर प्रचण्ड–नेपाल समूहले खुसियालीको कार्यक्रम घोषणा गर्दै छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्