प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुहुने छैन : प्रधानमन्त्रीका प्रेस सल्लाहकार

kp-sharma-oli

काठमाडौं, १२ फागुन । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघ’टन बदर गर्ने फैसला गरेपछि प्रधानमन्त्री केपी ओलीले राजीनामा गर्नुपर्ने माग सर्वत्र भइरहेको छ । मंगलबार अदालतबाट यस्तो फैसला आएपनि प्रधानमन्त्री ओलीले भने आफ्नो सचिवालय मार्फत् तत्काल राजीनामा नगर्ने जवाफ दिएका छन् ।

राती अबेर सामाजिक सञ्‍जालमा स्टाटस लेख्दै थापाले प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्ने बताए। ‘सर्वोच्च अदालतले गरेको फैसला वि’वादास्पद छ, तर मान्नुपर्छ र, कार्यान्वयन गर्नुपर्छ’, थापाले भनेका छन्, ‘प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन ।’

थापाले यो फैसलाले राजनीतिक समस्या हल नहुने बताएका छन् । ‘यसका दुष्प्रभावहरू भविष्यमा देखिँदै जाने निश्चित छ । यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन ।’ थापाले भनेका छन्, ‘बरू अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ ।’

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेर १३ दिनभित्र संसद् बैठक आह्वान गर्ने आदेश दिएको छ । उक्त आदेश आएसँगै प्रधानमन्त्रीले तत्काल पदबाट राजीनामा दिनुपर्ने द’बाब प्रधानमन्त्री माथि परेको छ । उक्त द’बाब पछि प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने प्रेस सल्लाहकार थापाले प्रष्ट पारेका हुन् ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्