सर्वोच्चको स‌ंसद पुन:स्थापनाको निर्णयले ‘कमेडी च्याम्पियन’लाई पार्‍यो यस्तो असर (भिडियो सहित्)

विशाल भण्डारी

पहिलो सिजनको सफलता सँगै उत्साहित बनेको ‘कमेडी च्यापिम्यन’को टिमले दोश्रो सिजन प्रशारणको तयारी गरेको छ । फागुणको २१ गते अर्थात मार्च ५ गतेदेखि यो शो कान्तिपुर टीभीमा हरेक शुक्रबार र शनिबार बेलुकी ९ बजेबाट १० बजेसम्म प्रशारण हुँदैछ ।

काठमाण्डौंमा आयोजित पत्रकार सम्मेलनमा शोका विज्ञापनदाताहरुसँग लिखित संझौता गरिएको छ । सो अवसरमा शोका निर्देशक विशाल भण्डारीले पहिलो सिजनमा आर्थिक समस्याले आफूहरु झेलिएपनि दोश्रो सिजनमा त्यो समस्या नभएको बताए । उनले भने–‘पहिलो सिजनमा कतिपय कुराहरु हामीले आर्थिक अभावका कारण पुरा गर्न सकेका थिएनौँ तर दोश्रो सिजनमा हामीलाई यो कुराको समस्या छैन । यसैले पनि हामी धेरै सपनाहरु यसपटक पुरा गर्दैछौं ।’

त्यस्तै, भण्डारीले अदालतको निर्णयले आफ्नो शोलाई पारेको आकस्मिक असर बताएका छन । ‘हाम्रा कमेडियनले लेख्ने ८० प्रतिशत कन्टेन्ट राजनीतिमा नै हो । हिजो राजनीतिक सिनारियो यसरी उल्टियो कि मेरा सबै कमेडियनहरु आफ्नो कन्टेन्टलाई रिराइट गर्नका लागि होस्टल पुग्नुभएको छ ।’, विशालले भने ।

उनले शोको सुटिङ नजिक आइसकेकाले कमेडियनहरु होस्टलमा तयारी गरिरहेको खुलाए । उनले गतवर्ष गुणस्तरीयता, प्रस्तुतीकरण, कन्टेन्ट डिजाइनका कुरा लिएर आफूहरुले देखेको सपना पुरा नभएपनि यसवर्ष त्यसलाई पुरा गर्ने दाबी गरे ।

रेडियो कान्तिपुर तथा कान्तिपुर टीभीका स्टेशन म्यानेजर दिनेश डीसीले यो शोले दर्शकको मन जितेको भन्दै ५ बर्षसम्म निर्माण टिम र टेलिभिजनविच प्रशारणको संझौता भएको बताए । नेपालमै बनेको पहिलो अर्गानिक शो भएका कारणले पनि यसलाई दर्शकले रुचाएको उनको भनाई थियो ।

यो बर्ष पनि गतबर्षको जस्तै निर्णायकहरुमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराई रहेका छन् । अघिल्लो वर्ष हिमेश पन्त पहिलो ‘कमेडी च्याम्पियन’ बनेका थिए । यो वर्षका लागि आगामी फागुन २१ गतेबाट ‘फिजिकल अडिसन’ हुँदैछ । शोको चैत ६ गते ग्राण्ड प्रिमियर हुँदैछ । शो कान्तिपुर टेलिभिजन एचडी र रेडियो कान्तिपुरमा प्रसारण हुनेछ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर