शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले गरे विद्यालयमा ता’लाब’न्दी

विद्यालय

सिराहा, १३ फागुन । शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याही स्थित जनता माध्यमिक विद्यालयमा ता’लाब’न्दी गरेका छन् । ता’लाब’न्दीका कारण पठनपाठन प्रभावित भएको छ । विगत एक वर्षदेखि आफ्ना शिक्षकले तलब नपाउँदा समस्यामा परेको भन्दै विद्यार्थीले आफ्नै विद्यालय र वडा कार्यालयमा ता’लाब’न्दी गरेका हुन् ।

निजी स्रोतमा कार्यरत विद्यालयका चार शिक्षकले गत चैत महिना देखि तलब सुविधा नपाएको भन्दै शिक्षकले पठनपाठन बन्द गरेपछि विद्यार्थीले पनि शिक्षकको समर्थनमा ता’लाब’न्दी गरेको कक्षा १० मा अध्ययनरत अन्सु यादवले जानकारी दिए । कोभिड–१९ का कारण गरिएको लकडाउन पछि विद्यालय खुले पनि तलब नपाएको भन्दै शिक्षकले पठनपाठन नगराउँदा आफूहरुको पठनपाठन प्रभावित भएको विद्यार्थीले बताएका छन् ।

विद्यार्थीले आफ्ना शिक्षकलाई तत्काल तलब उपलब्ध नगराए गाउँपालिका कार्यालयमै ता’लाब’न्दी गर्ने चेता’वनी समेत दिएका छन् । ता’लाब’न्दीका कारण विगत तीन दिनदेखि विद्यालयको पठनपाठन अव’रुद्ध भएको छ । विद्यालयले लामो समय सम्म तलब नखुवाउँदा घरखर्च समेत चलाउनै समस्या भएको विद्यालयमा निजी स्रोत बाट कार्यरत शिक्षक शिवनारायण यादवले बताए ।

यता विद्यालयका निमित्त प्रधानाध्यापक अरुणकुमार यादवले शिक्षकको तलबका विषयमा गाउँपालिकालाई पटकपटक लिखित अनुरोध गर्दा पनि कुनै सम्बोधन नभएका गुनासो गरे । लक्ष्मीपुर पतारी–५ का वडाध्यक्ष महेन्द्र साहले शिक्षकलाई तलब खुवाउने विषयमा गाउँपालिका सँग समन्वय भइरहेको र चाँडै शिक्षकलाई तलब खुवाउने बताए । कक्षा १ देखि १० सम्म पठनपाठन हुने सो विद्यालयमा ८०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException