ओलीलाई सम्मानजनक ढङ्गबाट हटाएर नेकपा भित्रबाटै नयाँ प्रधानमन्त्री चयन गर्नुपर्ने गौतमको प्रस्ताव

वामदेव गौतम

काठमाडौं, १३ फागुन । नेकपाका नेता वामदेव गौतमले नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालको निवास पुगेर भेटवार्ता गरेका छन् । आज बिहान दाहालको निवास खुमलटार पुगेर गौतमले आधाघण्टा भेटवार्ता गरेका थिए ।

गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीका अनुसार गौतमले एकताको प्रस्ताव लिएर दाहालको निवास पुगेका हुन् । उनले सर्वोच्चको आदेशपछि नेकपालाई नयाँ ढंगले अगाडि बढाउन आवश्यक भूमिका निर्वाह गर्न आग्रह गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्डसँगको भेटमा गौतमले भने, ‘हामीले पार्टी एकता कायम गर्दा नेतृत्व हामीले नै लिन पाउने छौँ । अर्को पार्टीले खेल्ने मौका पाउँदैन । अर्को पार्टीले खेल्न पायो भने त्यो देश र हाम्रो पार्टीका लागि दुर्भाग्य हुनेछ । पार्टी एकता कायम गर्ने सुनौलो मौका नगुमाउनु होला ।’

यस्तै, गौतमले ओलीलाई सम्मानजनक ढङ्गबाट हटाएर नेकपा भित्रबाटै नयाँ प्रधानमन्त्री चयन गर्नुपर्ने प्रस्ताव समेत अघि सोरका छन् । जवाफमा प्रचण्डले गौतमले राखेका प्रस्तावहरू पार्टीका अर्का अध्यक्ष माधव नेपालसँग तथा पार्टीमा छलफल गरेर समस्याको निकास निकालेर अघि बढ्ने बताएका थिए ।

पार्टीमा प्रधानमन्त्री ओलीले गडबडी गरेका कारण नै अहिलेको परिस्थिति उत्पन्न भएको र अब पार्टीलाई पहिलो बनाएर लैजानेबारे अध्यक्ष प्रचण्ड र उपाध्यक्ष गौतम बिचको छलफल सकारात्मक रहेको बताइएको छ ।

नेकपा विभाजनपछि पार्टी एकताको पक्षमा रहेका गौतमले पार्टी एकता समिति गठन समेत गरेका थिए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException