आफ्नै बुवासँग पैसा माग्न अ’पहर’णको नाटक

अपहरण

काठमाडौं, १३ फागुन । आफ्नै बुवासँग पैसा माग्न एक युवतीले अ’पहर’णको नाटक गरेको खबर सार्वजनिक भएको छ । काठमाडौंको गोठाटार बस्ने २४ वर्षीया विद्या तिमल्सिना सोमबार घरमा नआए पछि बुधबार परिवारकै एक सदस्यको मोबाइलमा ध’म्की पूर्ण म्यासेज आयो ।

बुहारीको नम्बरमा आएको म्यासेज यस्तो थियो – ‘तिमीहरुलाई यो केटी चाहिन्छ भने पुलिसलाई नभन बुझिस् । ५ लाख लिएर आउनु, छोरी मसँग झापामा छ ।’ म्यासेज विद्याकै नम्बरबाट गरिएको थियो । फिरौती मागेर ध’म्कीपूर्ण म्यासेज आए पछि परिवारले प्रहरीलाई जानकारी गरायो । त्यसपछि प्रहरीले विद्यालाई कालिमाटी बाट उद्दार गर्‍यो ।

‘अ’पहर’ण त होइन,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले भने–‘आफै नाटक गरेको अनु’सन्धा’न बाट खुलेको छ ।’ गोठाटारबाट हिँडेकी विद्या सप्तरी पुगेर काठमाडौं फर्किइन् । विद्याले आफ्नो पूर्व कार्यालयमा रहेको केही बेरुजु रकम तिर्न पैसा अभाव भएपछि अ’पहर’णको अभिनय गरेको प्रहरीको अनु’सन्धा’न बाट खुलेको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर