प्रकाश रसाइली, बाग्लुङ, १३ फागुन । पैसा कमाउनका लागी बिदेश नै जानुपर्छ भन्नेहरुका लागी बाग्लुङका एक युवाले उदहारणीय काम गरेर देखाएका छन । बाग्लुङ जिल्ला दक्षिण जैमिनी नगरपालिका छिस्तीका युवा कमल बिश्वकर्माले गाउमै हवाई (फिते) चप्पल उत्पादन गर्न थालेका छन ।
जैमिनी ८ छिस्ती धुसमा रहेको आफ्नो उद्योगमा सबै उमेर समुहका महिला तथा पुरुषहरुका लागि विभिन्न साईजका चप्पल उत्पादन गर्न थालेको कमल बताउँछन । उनका अनुसार हाल उद्योगमा दैनिक १०० देखि १५० जोडि सम्म चप्पल उत्पादन भइरहेको छ ।
हाल उद्योगमा आँफु र उनका बाबुले काम गर्दै आएको उनले बताए । सबै मानिसका लागि अति आवश्यक पर्ने चप्पल बाहिरी देशबाट आयात गर्नुपर्ने हुँदा गाउमा धेरै महँगो पैसा लाग्ने भएका कारण आँफुले यो पेसामा लगानी गरेको कमलको भनाइ छ ।
५ लाख रुपैयाँको लगानीमा सन्चालन गरेका उद्योगसँगै कस्मेटिक खुद्रा सामना पनि राखएका छन । अहिले आँफुले उत्पादन गरेको चप्पल बाग्लुङ, गुल्मी र पर्बतका केही ठाँउ सम्म बिक्री हुने उनको भनाइ छ ।