दाङमा सहायक प्रधानाध्यापक आफ्नै आँगनमा मृ’त अवस्थामा फेला

श्रीधर घिमिरे

दाङ, १४ फागुन । दाङको घोराही उपमहानगरपालिका–१०, सौंडिकुला निवासी श्रीधर घिमिरे आफ्नै आँगनमा मृ’त अवस्थामा फेला परेका छन् । अन्दाजी ४३ वर्षीय घिमिरे लमडरुवाका माविका सहायक प्रधानाध्यापक हुन् ।

बच्चा सहित श्रीमती माइत गएका कारण बिहीबार राति घिमिरे एक्लै रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द प्रसाद रिजालका अनुसार आफ्नै घरको दोस्रो तल्ला बाट लडेर घिमिरेको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।

‘उहाँको शव घरको दोस्रो तल्लाको शौचालय मुनि आँगनमा फेला परेको हो,’ डिएसपी रिजालले भने, ‘शौचालय जान खोज्दा लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।’

घिमिरेको कोठाको प्रकृति हेर्दा राति उनले म’दिरा सेवन गरेको प्रहरीको भनाइ छ । मदिरा सेवन गर्दै गर्दा शौचालय जाने क्रममा उनी घरको दोस्रो तलाबाट लडेर मृत्यु भएको हुन सक्ने डिएसपी रिजालले जानकारी दिए ।

शुक्रबार बिहान बस चालक घिमिरेलाई लिन उनको घर पुगेका थिए । तर उनी मृ’त भेटिए पछि चालकले छिमेकी र प्रहरीलाई खबर गरेका थिए । ‘उहाँको शरीरमा अन्त कतै चो’टप’टक छैन, गाला धस्सिएको छ र नाक, मुख बाट र’गत आएको अवस्थामा शव फेला परेको छ,’ रिजालले भने ‘शव पो’ष्टमा’र्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइसकिएको छ ।’ रिपोर्ट प्राप्त भएपछि मात्रै तथ्य कुरा भन्न मिल्ने प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर