काठमाडौंमा फेरि देखियो बर्डफ्लु

kuhura hen

काठमाडौं, १४ फागुन । काठमाडौं तारकेश्वर नगरपालिका–१ साङ्लामा फेरि बर्डफ्लु देखा परेको छ । शं’कास्पद क्षेत्रमा बिहिबार परिक्षण गर्दा पुनः बर्डफ्लुको प्रकोप देखा परेको हो । बर्डफ्लुको संक्रमण देखा परेसँगै अहिले सो क्षेत्रमा पालिएका कुखुरा, चल्ला, अण्डा र दाना नष्ट गरिएको पशुसेवा विभागले जनाएको छ ।

एक महिनादेखि काठमाडौंको तारकेश्वर नगरपालिका र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका क्षत्रेमा बर्डफ्लु भेटिँदै आएको छ । तारकेश्वर नगरपालिका वडा नम्बर १ मा पालिएका कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आरटी पीसीआर विधिबाट परीक्षण गर्दा बुधबार बर्डफ्लु पुष्टि भएको विभागकी महानिर्देशक डा. दमयन्ती श्रेष्ठले जानकारी दिइन् ।

रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिसकिएको विभागले जानकारी दिएको छ ।

विभागका अनुसार ५६५७ लेयर्स कुखुरा, ७२३६ ब्रोइलर कुखुरा, २५०४ लोकल कुखुरा, ५० टर्की १७ बट्टाई ३५७० अण्डा र ३००० केजी दाना नष्ट गरी सुरक्षित तबरले तह लगाइसकिएको छ । साथै रोग देखा परेको क्षेत्रलाई पूर्ण निःसंकमण समेत गरिसकिएको पनि महानिर्देशक श्रेष्ठले बताइन् । यसअघि तारकेश्वरमा माघ दोस्रो र अन्तिम सातामा बर्डफ्लु देखिएको थियो ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर