पल शाहले लिखित माफी नमागे उनी अभिनीत चलचित्र प्रदेश नं १ मा चल्न नदिने चेता’वनी

पल शाह

चलचित्र निर्देशक अरुण कुमार प्रधानले आफूसँग पल शाहले लिखित माफी नमागे उनी अभिनीत चलचित्र प्रदेश नं १ मा चल्न नदिने चेता’वनी दिएका छन् । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष समेत रहेका प्रधानले चलचित्र सम्बन्धी संघ संस्थालाई समेत बोधार्थ लेख्दै पलले माफी नमागे कु’टपि’ट मु’द्दामा कानुनी प्रक्रिया अगाडि बढाउने बताएका छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै घ’टनाको जानकारी सहित उक्त माग राखेका हुन् । निर्देशक प्रधानले पलले मान्छेहरु बोलाएर आफूमाथि हात हालेको बताएका हुन । एक म्युजिक भिडियोको सुटिङका लागि अहिले धरान पुगेका पलको निर्देशनमा उनका सहयोगी कृष्ण प्रसाद जोसीले आफूमाथि आ’क्रमण गरेको प्रधानले आ’रोप लगाएका छन् ।

प्रधानले शाहको दु’रव्यव’हार वि’रुद्ध इलाका प्रहरी कार्यालय धरानकामा उ’जूरी समेत दर्ता गराएका छन् । उ’जूरीको बिषयमा छलफलका लागि प्रहरीले पललाई आज शुक्रबार बोलाएको छ । पल म्युजिक भिडियो सुटिङका लागि केही दिन अगाडि धरान पुगेका थिए । भिडियोको सुटिङ भने बिहिबार सकिएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर