चीनको लगानीमा तयार भएको आयोजना बाट उत्पादित विद्युत भारत सरकारले खरिद नगर्ने

काठमाडौं, १५ फागुन । चीन सरकारको लगानीमा तयार भएको विद्युत आयोजना बाट उत्पादित विद्युत भारत सरकारले खरिद नगर्ने भएको छ । विद्युतमा लगानी गर्ने विषयमा नेपालले चीन सँग सम्झौता गर्ने तयारी भइरहेको बेला भारतको एउटा निर्णयले सम्झौतामा नै असर पर्ने देखिएको हो ।

भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले हिजो स्वीकृत गरेको सिमापार अन्तर्देशीय विद्युत् आयात–निर्यात कार्यविधिमा चीनको नाम त उल्लेख गरिएको छैन तर त्यसमा भनिएको छ, ‘जुन देशसँग भारतले विद्युत सम्बन्धी कुनै दुई पक्षीय सम्झौता गरेको छैन र त्यो देशको लगानीबाट उत्पादित विद्युत खरिद गरिने छैन ।

भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले हिजो स्वीकृत गरेको सीमापार अन्तर्देशीय विद्युत् आयात–निर्यात कार्यविधिमा चीनको नाम त उल्लेख गरिएको छैन तर त्यसमा भनिएको छ, ‘जुन देशसँग भारतले विद्युत सम्बन्धी कुनै दुईपक्षीय सम्झौता गरेको छैन र त्यो देशको लगानीबाट उत्पादित विद्युत खरिद गरिने छैन ।

यसरी हेर्दा भारत र चीनबीच विद्युत सम्बन्धी कुनै दुईपक्षीय सम्झौता भएको देखिँदैन । तर नेपालमा चीनको लगानीबाट थुप्रै जलविद्युत आयोजना निर्माणाधिन अवस्थामा छन् र अरु सम्झौता हुने तयारीमा रहेका छन् । नेपालले चिनियाँ लगानीमा लगभग आठसय मेगावाटको विभिन्न जल विद्युत आयोजना निर्माणको सम्झौता गर्न लागेको छ । त्यसमध्ये केही मेगावाटका लागि सम्झौताका लागि नेपाल विद्युत प्राधिकरण तयार भएर बसेको छ । तर राजनीतिक अवस्थाका कारण सो सम्झौतामा ढिलाई भइरहेको बताइएको छ ।

भारतले चारवर्ष पहिले जारी गरेको सीमापार विद्युत् व्यापार निर्देशिकामा तेस्रो मुलुकले लगानी गरेको बिजुलीलाई खरिद नगर्ने उल्लेख गरेको थियो । भारतको लगानीबाट उत्पादित विजुली मात्र खरिद गर्ने भनेको थियो । तर नेपालले त्यसको विरोध गरेपछि त्यसलाई सच्याएको थियो । अहिले फेरि भारतले बनाएको कार्यविधिमा ‘भारतसँग विद्युतमा दुईपक्षीय सम्झौता नभएको देशले गरेको लगानीबाट उत्पादित विद्युत खरिद नगर्ने’ उल्लेख गरेको हो । यस कार्यविधिका आधारमा चीनले नेपालको विद्युतमा गरेको लगानीबाट उत्पादित विजुली भारतले खरिद गर्ने छैन ।

यद्यपी नेपालले आफ्नो लगानीमा वा भारतसँग सम्झौता भएको कुनै अरु देशको लगानीबाट उत्पादित विद्युत खरिद गर्ने बाटो खुल्ला गरेको छ । नेपालमा बढी भएको विजुली बाहिर देशलाई बेच्ने नेपाल सरकारले नीति बनाएको छ । विजुली बेच्ने नेपालका लागि सबभन्दा महत्वपूर्ण बजार भारत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

1 hour ago

DeeYan Media
थलाराको पहिरो : बेपत्ता १९ को खोजीकार्य बन्द, मृत घोषणाको तयारीyoutu.be/0-90OlAtbec ... See MoreSee Less
View on Facebook

5 hours ago

DeeYan Media
बदलिँदो मौसममा हुने रोगबाट बँच्न यि उपायहरु अपनाउनुहोस् । Health Tipsyoutu.be/lLG4dbB05V8 ... See MoreSee Less
View on Facebook

7 hours ago

DeeYan Media
हलमा सुपर डुपर फ्लप डाँडाको वर पीपल अब ओटीटीमाyoutu.be/TRke_8c2_ws ... See MoreSee Less
View on Facebook

23 hours ago

DeeYan Media
youtu.be/BrQ48tMQB9E ... See MoreSee Less
View on Facebook