दाजुको मृत्यु दर्ता गरेर भाइले अंश हडपे, ‘ज्युँदो छु, म एक मानिस हुँ, भूत होइन’ भन्दै दाजु सडकमा

दाजुको मृत्यु दर्ता गरेर भाइले अंश हडपे, ‘ज्युँदो छु, म एक मानिस हुँ, भूत होइन’ भन्दै दाजु सडकमा

यो एउटा त्यस्तो कहानी हो, जसले चर्चा त धेरै पायो । तर यसको शृंखला रोकिने छाँट देखिएको छैन । उत्तर प्रदेशको मिर्जापुर अमोई गाउँका ६५ वर्षीय भोला सिंहलाई मृ’त घोषित गर्दै राजस्व अधिकारीहरुसँग मिलेर उनका भाइले पैतृक सम्पती हडपे । त्यसपछि भोलाले आफूलाई जीवित छु भनेर प्रमाणित गर्न संघर्ष गर्नुपरेको छ ।

मिर्जापुर जिल्ला प्रशासनले उनको वास्तविक पहिचान साबित गर्नका लागि डिएनए परीक्षण गराउनुपर्ने आदेश दिएको छ । उनी जिल्ला कलेक्ट्रेट बाहिर एक साइड बोर्ड बोकेर उनी बसिरहेका हुन्छन् । जसमा लेखिएको छ, ‘सर म जिउँदो छु । म एक मानिस हुँ, भूत होइन ।’

यस विषयमा छानविन गरिरहेका एक अधिकारीले अमोईका मानिसहरुले भोलालाई नचिनेका कारण डिएनए परीक्षण आवश्यक परेको प्रतिक्रिया दिएका छन् । अतिरिक्त जिल्ला मजिस्ट्रेट युपी सिंहले भने, ‘हामीले घटनाको छानविन गरिरहेका छौं । यी व्यक्ति अमोई गाउँमा नभएर अन्यत्रै गाउँमा बस्छन् । जब भोला सिंहलाई अमोईमा ल्याइएको थियो, तब गाउँलेले उनलाई चिन्न सकेनन् । उनका आफ्नै भाइले पनि चिन्न सकेनन् । यहाँसम्म कि गाउँका कसैले पनि चिन्दिनँ भने । यी व्यक्ति पछिल्लो २० वर्षदेखि अन्य कुनै गाउँमा बसिरहेका रहेछन् ।’

जिल्ला मजिस्ट्रेटको कार्यालय बाहिर ६५ वर्षका यी वृद्धले पत्रकारहरुसँग भनेका छन्, ‘मेरो नाम भोला हो । मेरा बाबुको निधनपछि जग्गाजमिन दुुई भाइको नाममा हुने भनेर लेखिएको थियो । तर, जमिनको कागजातहरुमा मलाई मृ’त देखाइयो, जबकी म ज्युँदो छु । त्यहीकारण अहिले यहाँ उभिनुपरेको हो ।’

यस केसको सुरुवात झन्डै ५ वर्षअघि भएको थियो । जब नोभेम्बर २०१६ मा कोतवाली पुलिस स्टेशनमा जालसाजी गरेर एक प्राथमिकी दर्ता गराइएको थियो । भोला सिंहका अनुसार उनका भाइ राज नारायण र दुई जिल्लाधिकारीहरुले मिलेर गलत तरिकाले उनलाई मृ’त घोषित गरे, अनि उनको पैतृक जमिन हडपे । यस विषयमा कसैले बास्ता नगरेपछि उनले एफआईआर दर्ता गराएका छन् ।

भोलाको यो कहानी धेरै हदसम्म लाल बिहारीसँग मिल्छ, जसलाई पनि सम्पत्ती हडप्ने क्रममा आफन्तहरुले कागजमा मृ’त घोषणा गरेका थिए । त्यसपछि झन्डै १९ वर्षसम्म भारतीय कर्मचारीतन्त्रसँग लडेर उनले आफ्नो अधिकारी लिए । लाल बिहारीको यस घटनामा फिल्ममेकर सतिश कौशिकले ‘कागज’ फिल्म बनाइसकेका छन्, यसलाई ओटिटी प्लेटफर्ममा रिलिज पनि गरिएको छ । भारतमा यस्ता घ’टनाको शृंखला धेरै देखिएको छ । यस्ता घ’टनाले चर्चा धेरै पाएपनि पीडितहरुले भने न्याय पाउन अझै मुस्किल छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

5 hours ago

DeeYan Media
बदलिँदो मौसममा हुने रोगबाट बँच्न यि उपायहरु अपनाउनुहोस् । Health Tipsyoutu.be/lLG4dbB05V8 ... See MoreSee Less
View on Facebook

6 hours ago

DeeYan Media
हलमा सुपर डुपर फ्लप डाँडाको वर पीपल अब ओटीटीमाyoutu.be/TRke_8c2_ws ... See MoreSee Less
View on Facebook

23 hours ago

DeeYan Media
youtu.be/BrQ48tMQB9E ... See MoreSee Less
View on Facebook

1 day ago

DeeYan Media
youtu.be/v5lY_M3J40M ... See MoreSee Less
View on Facebook