काठमाडौं, १५ फागुन । अख्तियार दु’रुपयोग अ’नुस’न्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्र’ष्टाचार नियन्त्रणको कामलाई विगतको भन्दा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले नागरिक समाज र जनताको अपेक्षा अनुसार भ्र’ष्टाचार न्यूनीकरण र नियन्त्रणका लागि अहिले सम्म भएको कामहरु भन्दा बढी प्रभावकारी ढङ्गले काम गर्ने बताएका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले प्रमाणका आधारमा जोसुकैलाई कार’बाही गर्ने बताए । उनले नागरिकको अपेक्षा र मिडियाले उठाएका विषयहरूलाई संविधान, अख्तियार दु’रुपयोग अ’नुस’न्धान आयोग सम्बन्धी ऐन र भ्र’ष्ट्राचार निवारण गर्ने ऐनको दायरा भित्र रहेर विधि प्रक्रिया र कानून सम्मत ढङ्गले काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
यस्तै निर्दोष व्यक्तिलाई भ्र’ष्टाचारको दायरा भित्र ल्याउने कुनै पनि व्यक्तिलाई कार’बाही गर्ने पनि उनले बताए । उनले विना पूर्वाग्रह कानून, विधि र प्रक्रियामा रहेर भ्र’ष्ट्राचार नियन्त्रणको काम कार’बाहीलाई अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे । आयोगको इतिहासमै भ्र’ष्ट्राचार नियन्त्रणको क्षेत्रमा प्रभावकारी र उत्कृष्ट काम गरेर जाने प्रयास गर्ने पनि प्रमुख आयुक्त राईले बताए ।