होम गुरुङले निर्देशन गरेको आरती र कृष्णको गीतमा लोमस र अमृताको रोमान्स

Luki Luki Mayale by Krishna Paudel & Arati Adhikari | Feat. Lomash & Amrita | New Lok Dohori Song

दिलिप भण्डारी, पोखरा । लोकदोहोरी गायिका आरती अधिकारीको ‘लुकी लुकी मायाले’ बोलको गीत सार्वजनिक भएको छ । कृष्ण पौडेलको लय तथा शब्द सिर्जनामा रहेको गीतमा आरतीलाई कृष्ण पौडेलले स्वरमा साथ दिएका छन् ।

पोखरेली युवा निर्देशक होम गुरुङले निर्देशन गरेको गीत पोखरा आसपासमा छायांकन गरिएको हो । गणेश सापकोटाको छायांकन रहेको गीतको सम्पादन सुवास अमगाईंले गरेका हुन । गीतमा लोमस शर्मा र अमृता सापकोटाले अभिनय गरेका छन् ।

गायिका अधिकारीले गीत समसामयिक सहित मनोरञ्जनात्मक रहेको बताइन् । गीतलाई शिव हमालको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :-

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर