अन्जु पन्त विवाह बन्धनमा बाँधिएपछि गायिन कमल खनालसँग पहिलो गीत (भिडियो सहित्)

Rumal रुमाल by Kamal Khanal & Anju Panta | Feat. Paul Shah & Garima Sharma | New Nepali Song 2021

लोकप्रिय गायिका अन्जु पन्त यतिबेला विवाह बन्धनमा बाँधिएकी छन् । यो चर्चा एकातिर भइरहँदा उनकै आवाजमा रहेको ‘जाले रुमाल’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा पुरुष आवाजमा भने गायक कमल खनाललाई पाउन सकिन्छ ।

गीतमा लय तथा शब्द भने कमल खनालकै रहेको छ भने संगीत संयोजन कमल सौरागको रहेको छ । गीतको सहगायनमा स्मृति शाही र पुष्पा बोहराले साथ दिएका छन् । प्रिजम डिजिटल बबरमहलमा रेकर्ड गरिएको गीतको अडियोलाई श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् ।

जाले रुमालको म्यूजिक भिडियोमा लोकप्रिय निर्देशक प्रकाश भट्टले निर्देशन तथा कोरियोग्राफ गरेका छन । गीतको भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका छन् भने विष्णु शर्माले सम्पादन गरेका छन् । कमल खनालकै युटुब मार्फत बजारमा आएको गीतमा लोकप्रिय मोडल पल साह र गरिमा शर्माको दमदार अभिनय रहेको छ ।

नेपाली लोक दोहोरी क्षेत्रका एक प्रसिद्ध सर्जक तथा गायक हुन् कमल खनाल । उनि हाल अमेरिका बस्दै आएका छन । उनि राम्रो सृजना गर्ने सर्जक मात्र होइनन्, निकै सुमधुर स्वरका धनी गायक पनि हुन् । खनालसँगै राजु पारीयार र बिष्णु माझिको आवाजमा रहेको ‘डाली पलायो’ गीतले लोकदोहोरी इतिहासलाई नै ब्रेक गरेको थियो । त्यसैको फल स्वरूप उनि निरन्तर गीत संगीतमा छन ।

त्यसपछि पनि उनका थुप्रै गीतहरु बजारमा आए र चर्चामा समेत रहन सफल भए । ‘एक्लै बस्ने बनी पारौला’, कुनै दिन भेटौँला अवश्य’ लगायतका गीतहरुलाई उदाहरणको रुपमा लिन सकिन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :-

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर