पिडौँला देखाएर केन्द्रीय सदस्य बनेको अभिव्यक्ति प्रती कानुनी प्रक्रिया अघि बढाउँछु: कोमल वली

रघुजी पन्त कोमल वली

काठमाडौं, १६ फागुन । नेकपा प्रचण्ड-माधव समूहका नेता रघुजी पन्तले राष्ट्रियसभा सदस्य कोमल वलीलाई ग’म्भीर आ’क्षेप लगाएका छन । पन्तले वलीलाई आ’क्षेप लगाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

भिडियोमा पन्तले वलीले पिडुँला देखाएर राष्ट्रियसभा सदस्य र नेकपाको केन्द्रीय सदस्य पाएको आ’क्षेप लगाएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत जोडेर पन्तले भिडियोमा भनेका छन, ‘अहिले महिलाहरू पनि केपीतिर पनि लागेका छन् । २० औँ वर्ष ज्या’नै दिएर यो पार्टीमा लागेका महिलाहरू पनि छन् । तर, तिनले टिकट पनि पाएनन् । तिनले राष्ट्रियसभा पनि पाएनन् । केपी ओलीले केरे कोमल वलीले यसो सारी सरक्क सर्काएर गोरा पिंडुला देखाउँदै पोइल जान पाँउ भनेपछि सांसद त तिनैले पाइन् । कपाल फूलेर चाउरी परेका बुढी कामरेडहरू न राष्ट्रियसभाको सदस्य हुन पाएका छन् न केन्द्रीय कमिटी सदस्य हुन पाएका छन् । उनी राष्ट्रिय सभाको सदस्य पनि भइन् केन्द्रीय कमिटी सदस्य भइन् ।’

त्यस्तै यता राष्ट्रिय सभा सदस्य वलीले नेकपा प्रचण्ड–नेपाल पक्ष केन्द्रीय सदस्य पन्त वि’रुद्ध कानुनी उपचार खोज्ने बताएकी छिन् । ओली पक्ष नेकपाको केन्द्रीय सदस्य समेत रहेकी वलीले पर्सी दाङबाट काठमाडौं आउने र यसबारेको प्रक्रिया अघि बढाउने बताएकी हुन् ।

नेता पन्तले ‘केपी ओलीलाई सारी सारेर पिडौँला देखाएर कोमल वली केन्द्रीय सदस्य भएको’ भन्ने अभिव्यक्ति दिएपछि त्यसले सम्पूर्ण महिलामाथि नै अ’पमान गरेको भन्दै वलीले प्रहरीमा उ’जुरी दिने बताएकी हुन् । हाल दाङमा पार्टीको काममा व्यस्त रहेका कारण काठमाडौं आउन ढिला भएको र पन्त वि’रुद्ध कस्तो कानुनी कार’वाही हुन्छ भन्नेबारेमा बुझिरहेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक