अष्ट्रेलियामा नेपाली सञ्चारकर्मी टीका कार्कीको निधन भएको छ । विगत दुई दशक देखि सक्रिय सञ्चारकर्मी टीका कार्की शनिबार मृत अवस्थामा फेला परेका हुन् । अष्ट्रेलियामा बस्दै आएका कार्कीलाई नजिकका आफन्तहरुले निरन्तर सम्पर्कको प्रयास गर्दा पनि सफल नभएपछि उनलाई डलविच हिलस्थित निवासमा खोज्दा अचेत अवस्थामा फेला पारेका थिए ।
उनलाई सुतेकै अवस्थामा हृदयघात भएको आशं’का गरिएको छ । प्रहरीले कार्कीको शवलाई पो’ष्टमा’र्टमका लागि पठाएको छ । हाल उनको शव लिडकम्बस्थित शवगृहमा राखिएको छ ।
कार्की हिमालयन रेडियोका सञ्चालक थिए । सन् २००३ देखि नेपाली भाषाको कार्यक्रम मार्फत हिमालयन रेडियोले यहाँको समूदायलाई सुसूचित गर्दै आएको थियो । -नेपालीपत्रबाट