राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गतेको लागि संसद् अधिवेशन आह्वान

बिद्यादेवी भण्डारी

काठमाडौं, १७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले २३ फागुनका लागि संसद बैठक आव्हान गर्ने भएकी छन् । राष्ट्रपति भण्डारीले सरकारको सिफारिस अनुसार २३ फागुनका लागि संसद बैठक आव्हान गर्ने तयारी गरेकी हुन् ।

सो दिन दिउसो ४ बजे बैठक बस्ने गरी बैठक आव्हान गर्ने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले २३ गते ४ बजेका लागि संसद अधिवेशन बोलाइएको र केही बेरमा विज्ञप्ति सार्वजनिक हुने जानकारी दिए ।

शुक्रबार बसेको क्याबिनेट बैठकले संसद बैठक आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएपनि ढिलागरी पत्र पठाइएको छ । संसद अधिवेशन आह्वान भए सँगै प्रतिनिधि सभाबाट नयाँ सरकार गठनको पहल थालिने छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर