मोरङ उर्लाबारी घ’टना: त्रु’टिवश फोटो फरक पर्न गएको छानविन समितिको निष्कर्ष

मोरङको उर्लाबारी–५ घर भएका प्रविण बाँस्तोला हत्या

मोरङ, १७ फागुन । मोरङको उर्लाबारी–५ घर भएका प्रविण बाँस्तोला ह’त्या सम्बन्धमा छानविन गर्न गठित समितीले छानविन सकेको छ । डिएसपी मान बहादुर राईको नेतृत्वको समितिले सोमबार छानविन सकेर प्रतिवेदन बुझाएको छ ।

बाँस्तोला ह’त्याका विषयमा अ’नुस’न्धानका क्रममा सामान्य त्रुटि भएको छानविन समितिले जनाएको छ । समितिले सोमबार प्रतिवेदन बुझाउँदै उक्त मु’द्दाको फाइलमा एउटा फोटो फरक पर्न गएको निस्कर्ष निकालेको हो ।

उक्त घ’टनाको मिसिलमा अर्कै व्यक्तिको फोटो देखेपछि प्रहरीलाई अ’नुस’न्धान प्रभावित गर्न खोजेको भन्दै पीडित परिवारले आ’न्दोलन गरेका थिए । पीडितको आ’न्दोलन पछि प्रहरीले थप छानविन गरेको थियो । प्रविणको मिसिलमा फरक ब्यक्तिको फोटो परेको र यो मानवीय त्रुटी भएको समितिको निस्कर्ष छ ।

पी’डितकी बहिनी सदिक्षा बाँस्तोलाले प्रहरीले तयार गरेको मिसिलमा फरक ब्यक्तिको फोटो राखेको दाबी गरेकी थिइन् । समितीले फोटो फरक पर्नुलाई ‘मानविय त्रुटी’ भनेको छ । पुस ५ मा अ’नुस’न्धान शुरु गर्दा प्रहरीले बाँस्तोलाको फोटो खिचेको थियो । उर्लाबारीमा त्यहिबेला करेन्ट लागेर अर्को ब्यक्तिको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

‘फोटो प्रिन्ट गरेर अन्तिम समयमा मिसिलमा राख्ने बेलामा एउटा फोटो चाहिँ फरक मान्छेको परेको देखिन्छ’ मोरङका एसपी सन्तोष खड्काले भने–‘दुईवटा पेजमा बाँस्तोलाको र एउटा फोटो चाहिँ करेन्ट लागेको मान्छे परेको देखिन्छ ।’

ईलाका प्रहरी कार्यालय उर्लाबारीले उक्त घ’टनाको अ’नुस’न्धान गरेको थियो । तर त्यसबारे प्रश्न उठे पछि अ’नुस’न्धान अधिकृतले गलत फोटो हटाएर मिसिल पेश गरेको मोरङका एसपी सन्तोष खड्काले बताए । पुस ४ गते साथीको डेरामा सुतेका प्रविणको राती ह’त्या भएको थियो । म’दिरा पिएका बाँस्तोलाको नाक र मुख थुनेर ह’त्या गरिएको प्रहरीको निष्कर्ष छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException