कैलाली ह’त्या प्रकरण : चार दिनसम्म खुलेन ह’त्याराको पहिचान

hatya

धनगढी, १८ फागुन । कैलालीको गोदावरी नगरपालिका–५ घर भएका व्यापारी ३६ वर्षीय शिवचरण राना मृ’त फेला परे । गेटामा किराना पसल चलाउने रानाको शव शनिवार फेला परेको थियो । उनी आँखा अस्पताल नजिकै किराना पसल चलाउँथे, राति पसलमा सुत्थे । बिहान घर जान्थे ।

तर, फागुन १५ मा घर नगएपछि पत्नी सुगुनी उनको खोजीमा निस्किइन् । गेटा मेडिकल कलेज नजिकै निर्माणाधीन नालामा उनको शव भेटियो । ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी प्रेमबहादुर शाही र जिल्ला प्रहरी कार्यालयको टोलीले घ’टना अनु’सन्धा’न गरिरहेका छन् । तर, प्रहरीले ह’त्यामा संलग्नको पहिचान गर्न सकेको छैन् ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतिक विष्टले जानकारी दिए । प्रहरीले अनु’सन्धा’नमा तालिम प्राप्त कुकुर पनि परिचालन गरेको थियो । मृतकका परिवारले ह’त्यामा संलग्न पत्ता नलगाए सम्म शव जिम्मा नलिने अडान राखेका छन् । शिवचरणको शव सेती प्रादेशिक अस्पतालमा पो’ष्टमार्टमका लागि राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक