१०५ वटा व्यापारीक फर्मलाई फर्मलाई ३० लाख जरिवाना

काठमाडौं, १८ फागुन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले बढी मूल्य राखेर सामान बिक्री गर्ने, अरुको ब्राण्ड चोरी गर्ने, पसलमा मूल्य सूची नराख्ने, खरीद बिल नदेखाउने, इजाजत नलिई पसल सञ्चालन गर्ने तथा अनुगमन कार्यमा सहयोग नगरेको भन्दै १०५ वटा व्यापारीक फर्मलाई कार’वाही गरी रु ३० लाख २३ हजार जरिवाना गरेको छ ।

सो कार्यालयले चालू आर्थिक वर्षको फागुन १७ गते सम्ममा २०५ व्यापारिक फर्ममा अनुगमन गरी त्यस मध्ये १०५ लाई कार’वाही गरी रु ३० लाख २३ हजार जरिवाना गरेको छ । एसआर रेडिमेड उद्योगलाई सबैभन्दा बढी रु ३ लाख जरिवाना गरिएको छ । उक्त उद्योगले बहुराष्ट्रिय कम्पनीको लोगो आफ्नो उत्पादनमा लगाउने गरेको पाइएकोले उक्त उद्योगलाई हदै सम्मको जरिवाना गरिएको हो ।

यसैगरी वीरगञ्जकै जय अम्बे ट्रेड एण्ड जेनेरल अर्डर सप्लायर्सलाई रु दुई लाख ५१ हजार, गगन ट्रेडिग हाउसलाई रु दुई लाख जरिवाना गरिएको छ । हेटौँडा उपमहानगरपालिका–३ स्थित घर संसार पसललाई रु तीन लाख जरिवाना गरिएको छ । ती व्यापारीक फर्महरुले बढी मूल्य लिएर उपभोक्ता ठग्दै आइरहेकाले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ बमोजिम तत्काल जरिवाना गरिएको निमित्त कार्यालय प्रमुख जीतबहादुर भण्डारीले बताए ।

उक्त कार्यालयले सो अवधिमा सप्तरीमा ११, धनुषामा २०, महोत्तरीमा ६, सर्लाहीमा ३, रौतहटमा १७, बारामा ३, पर्सामा ७६, मकवानपुरमा १५ र चितवनमा २७ गरी जम्मा २०५ फर्मको अनुगमन गरी त्यस मध्ये १०५ फर्मलाई जरिवाना गरेको छ । नेपालभर रहेको वाणिज्य कार्यालय मध्ये सबै भन्दा बढी राजश्व वीरगञ्ज कार्यालयले सङ्कलन गरेको दाबी गर्दै सो कार्यालयका सूचना अधिकारी दिलीपखंग खत्वेले भने,“जरिवाना गरिएका फर्मले सो मितिवाट ७ दिनभित्र कार्यालयमा उपस्थित भई जरिवाना बुझाउनुपर्ने कानूनी प्रावधान रहेको छ ।”

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

5 hours ago

DeeYan Media
बदलिँदो मौसममा हुने रोगबाट बँच्न यि उपायहरु अपनाउनुहोस् । Health Tipsyoutu.be/lLG4dbB05V8 ... See MoreSee Less
View on Facebook

7 hours ago

DeeYan Media
हलमा सुपर डुपर फ्लप डाँडाको वर पीपल अब ओटीटीमाyoutu.be/TRke_8c2_ws ... See MoreSee Less
View on Facebook

23 hours ago

DeeYan Media
youtu.be/BrQ48tMQB9E ... See MoreSee Less
View on Facebook

1 day ago

DeeYan Media
youtu.be/v5lY_M3J40M ... See MoreSee Less
View on Facebook