खोप लगाएकामा फेरी देखियो कोरोना संक्रमण

corona vaccine

काठमाडौं, १८ फागुन । कोरोना वि’रुद्धको कोभिसिल्ड खोप लगाएको १६ दिनपछि पत्रकार दामोदर प्रसाद दवाडीलाई संक्रमण भएको छ । ५६ वर्षीय उनले माघ ३० गते निजामती अस्पताल काठमाडौंमा खोपको पहिलो डोज लगाएका थिए ।

खोप लगाएको दुई सातापछि गत शुक्रबार पीसीआर जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको दवाडीले बताए । उनले भने, ‘जिउ दुख्ने, ज्वरो आउने र खोकी समेत लागेपछि स्वास्थ्य जाँच गरेको थिएँ ।’ दवाडी अहिले होम आइसोलेसनमा छन् । उनको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले खोप लगाएपछि संक्रमण भएको बारे कुनै जानकारी प्राप्त नभएको बताए ।

उनले भने, ‘पहिलो डोज (मात्र) लगाएका व्यक्तिलाई कोरोना संक्रमण हुन सक्छ । खोप लगाएको १६ दिनमा संक्रमण भएको हो भने एन्टिबडी विकास हुने समय पनि भइनसकेको हुनुपर्छ । त्यस बारे अहिलेसम्म कुनै जानकारी आएको छैन ।’ कोभिसिल्ड खोप लगाएपछि शरीरमा एन्टिबडी नबन्दा सम्म कोराना संक्रमणको जोखिम रहने विज्ञहरूले बताएका छन् । पहिलो डोज लगाएको २२ दिन पछि मात्र एन्टिबडी बन्ने भएकाले सुरक्षा मापदण्ड अपनाउन उनीहरूको सुझाव छ ।

कोभिड १९ खोपविज्ञ सल्लाहकार समितिका संयोजक एवं वरिष्ठ खोपविज्ञ डा. श्यामराज उप्रेतीले कोभिसिल्ड खोप ७१ प्रतिशत मात्र प्रभावकारी भएको जानकारी दिए । उनले भने, ‘सय जनाले खोप लगाएमध्ये झण्डै ३० प्रतिशतलाई कोरोना संक्रमण हुने सम्भावना हुन्छ । खोप लगाए पनि सुरक्षा मापदण्ड पालना गर्नुपर्छ ।’ -अन्नपूर्ण पोस्ट् दैनिकबाट

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर