माया पिरतीमा जिउज्यान दिएर लाग्दा पनि सम्बन्ध असफल भएपछिका पिडा बोलिएको गीत ‘मै सम्झेर रुनि’ युट्युबमा सार्वजनिक भएको छ । बलराम अधिकारी र सरिता अधिकारीको आवाज रहेको गीतमा नयन शर्मा र बलराम अधिकारीले शब्द सिर्जना गरेका हुन ।
नयन शर्माको लय सिर्जना रहेको गीतमा तारानाथ आचार्यले संगीत संयोजन गरेका हुन । डिजिटल स्टार रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको मास्टरिङ्ग खड्क बाजुरालीले गरेका हुन ।
प्रकाश भट्टको निर्देशनमा तयार पारीएको गीतको म्युजिक भिडियोमा सारीका केसी, रेशम थापा, कृष्ण भुजेल र बर्षा अधिकारी लगायतलाई देख्न सकिन्छ । गीतको भिडियो छायांकन गणेश सापकोटाले गरेका हुन भने सम्पादन बिष्णु शर्माले गरेका हुन ।
गीतको पुरै भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नुहोस् :-