काठमाडौं, १९ फागुन । सरकार र नेत्र विक्रम चन्द विप्लव समूह बीचको पहिलो चरणको औपचारिक वार्ता सकिएको छ । दुवै पक्षबीचको वार्ता सकारात्मक भएको वार्तामा सहभागी सरकारी वार्ता समितिका सदस्य राजन भट्टराईले जानकारी दिए ।
सरकारका तर्फ बाट वार्तामा गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराई सहभागी भएका थिए । दुवै समूहले वार्ता समिति नै गठन गरेर औपचारिक रुपमा वार्ता सुरु गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज उच्च सुरक्षा सतर्कता सहित वार्ता सुरु भएको हो ।
खड्कबहादुर विश्वकर्माको नेतृत्वमा विप्लव समूह वार्तामा सहभागी भएको हो । विप्लव समूहले आफूहरुमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने सर्त अघि सारेको छ भने पक्राउ परेका नेता-कार्यकर्ताको रिहाइ र उनीहरुमाथि लगाइएको मु’द्दा फिर्ता गर्नुपर्ने माग गरेको छ ।