कोरोना विरुद्धको खोप विना हिचकिचाहट निर्धक्क भएर लगाउनुहोस्: सभामुख सापकोटा

कोरोना विरुद्धको खोप विना हिचकिचाहट निर्धक्क भएर लगाउनुहोस्: सभामुख सापकोटा

काठमाडौं, १९ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले कोरोना विरुद्धको खोप वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएकाले विना हिचकिचाहट निर्धक्क भएर लगाउन सम्पूूर्ण नागरिकलाई आग्रह गरेका छन् । मिनभवनस्थित निजामती अस्पताल परिसरमा कोभिड–१९ विरुद्धको खोप लगाएपछि सञ्चारकर्मीसँग कुुरा गर्दै उनले व्यवस्थित र सहज रूपमा लगाउने वातावरण भएकाले खोप अभियान सफल हुुने विश्वास व्यक्त गरे ।

सभामुख सापकोटाले भने, ‘खोप लगाउँदा अलि असहज हुन्छ कि भनी सोचेको थिए । बिलकुल असहज भएन । खोप लगाउने बेला हुँदैछ होला भन्दै थिए, खोप दिइसकिएछ ।’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सबै नेपाली नागरिकलाई विना हिचकिचाहट सहज ढङ्गले खोप प्रयोग गरी स्वथ्य रहन अपिल गरे ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाले मानव जातिलाई अप्ठेरो पारिरहेको अवस्थामा खोपको आविष्कार र प्रमाणित भएपछि मानिसले खराब विषाणुु विरुद्ध फेरि एकपटक विजय हासिल गरेको महसुस भएको बताउँदै उनले औषधि प्रभावकारी साबित भएसँगै मानिसको प्रकृतिमाथि विजयको नयाँ सिँढीमा मान्छे कुद्न सफल भएको उल्लेख गरे ।

अध्यक्ष दाहालले भने, अरूलाई लगाएको देख्दा अलि दुख्छ जस्तो लागेको थियो, आफैँले लगाउँदा खोप लगाएको थाहा नै पाइनँ । कतिबेला खोप्नु हुन्छ होला भनेको त भइसक्यो पो भन्नुभो । बडो सरल रहेछ । कसैले कुनै पनि खाले तनाव लिनुुपर्ने अवस्था छैन । सहज ढङ्गबाट हुन्छ ।’

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अन्तर्राष्ट्रिय समुदायबाट गहिरो अध्ययन र अनुसन्धानबाट प्रभावकारी साबित भएको कोभिड–१९ विरुद्धको खोप ढुक्क भएर विश्वासका साथ लगाउन सर्वसाधारणलाई सुुझाव दिनुुभयो । उनले भने, “यसअघि पनि मैले विभिन्न खाले धेरै खोप लगाएकाले यस पटक खोप लगाउँदा कुुनै खासै अनुभव भएन । घोचिएको पनि अनुुभव हुुँदो रहेनछ । आतिनपर्ने अवस्था छैन । खोप लगाउनुु पर्‍यो, स्वस्थ्य हुन पर्‍यो ।”

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर