खोप लगाएको थाहा नै पाइनँ, कतिबेला खोप्नु हुन्छ होला भनेको त भइसक्यो पो भन्नुभो: प्रचण्ड

खोप लगाएको थाहा नै पाइनँ, कतिबेला खोप्नु हुन्छ होला भनेको त भइसक्यो पो भन्नुभो : प्रचण्ड

काठमाडौं, १९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सबै नेपाली नागरिकलाई विना हिचकिचाहट सहज ढङ्गले खोप प्रयोग गरी स्वथ्य रहन अपिल गरे ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाले मानव जातिलाई अप्ठेरो पारिरहेको अवस्थामा खोपको आविष्कार र प्रमाणित भएपछि मानिसले खराब विषाणुु विरुद्ध फेरि एकपटक विजय हासिल गरेको महसुस भएको बताउँदै उनले औषधि प्रभावकारी साबित भएसँगै मानिसको प्रकृतिमाथि विजयको नयाँ सिँढीमा मान्छे कुद्न सफल भएको उल्लेख गरे ।

अध्यक्ष दाहालले भने, अरूलाई लगाएको देख्दा अलि दुख्छ जस्तो लागेको थियो, आफैँले लगाउँदा खोप लगाएको थाहा नै पाइनँ । कतिबेला खोप्नु हुन्छ होला भनेको त भइसक्यो पो भन्नुभो । बडो सरल रहेछ । कसैले कुनै पनि खाले तनाव लिनुुपर्ने अवस्था छैन । सहज ढङ्गबाट हुन्छ ।’

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अन्तर्राष्ट्रिय समुदायबाट गहिरो अध्ययन र अनुसन्धानबाट प्रभावकारी साबित भएको कोभिड–१९ विरुद्धको खोप ढुक्क भएर विश्वासका साथ लगाउन सर्वसाधारणलाई सुुझाव दिनुुभयो । उनले भने, “यसअघि पनि मैले विभिन्न खाले धेरै खोप लगाएकाले यस पटक खोप लगाउँदा कुुनै खासै अनुभव भएन । घोचिएको पनि अनुुभव हुुँदो रहेनछ । आतिनपर्ने अवस्था छैन । खोप लगाउनुु पर्‍यो, स्वस्थ्य हुन पर्‍यो ।”

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

3 hours ago

DeeYan Media
बदलिँदो मौसममा हुने रोगबाट बँच्न यि उपायहरु अपनाउनुहोस् । Health Tipsyoutu.be/lLG4dbB05V8 ... See MoreSee Less
View on Facebook

5 hours ago

DeeYan Media
हलमा सुपर डुपर फ्लप डाँडाको वर पीपल अब ओटीटीमाyoutu.be/TRke_8c2_ws ... See MoreSee Less
View on Facebook

21 hours ago

DeeYan Media
youtu.be/BrQ48tMQB9E ... See MoreSee Less
View on Facebook

1 day ago

DeeYan Media
youtu.be/v5lY_M3J40M ... See MoreSee Less
View on Facebook