काठमाडौं, १९ फागुन । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अन्तर्राष्ट्रिय समुदायबाट गहिरो अध्ययन र अनुसन्धानबाट प्रभावकारी साबित भएको कोभिड–१९ विरुद्धको खोप ढुक्क भएर विश्वासका साथ लगाउन सर्वसाधारणलाई सुुझाव दिए ।
उनले भने, “यसअघि पनि मैले विभिन्न खाले धेरै खोप लगाएकाले यस पटक खोप लगाउँदा कुुनै खासै अनुभव भएन । घोचिएको पनि अनुुभव हुुँदो रहेनछ । आतिनपर्ने अवस्था छैन । खोप लगाउनुु पर्यो, स्वस्थ्य हुन पर्यो ।”
पूर्वप्रधानमन्त्री नेपालले राजनीतिक सङ्क्रमण फैलने सम्भावनाको खतरालाई सर्वोच्च अदालतबाट पहिलो खोपजस्तै गरी आएको फैसलाले ठीक बाटोमा अघि बढ्न एउटा बाटो देखाएको प्रतिक्रिया दिए ।
उनले भने, “फैसलाबाट खतरामा परेको लोकतन्त्र, संविधानलाई जोगाएको छ, अब बाँकी राजनीति क्षेत्रमा अहिले देखिरहेको सङ्क्रमणको समाधान संसदमार्फत राजनीतिक दलले गर्छन् ।”