नेपाली जनताका अब दु:ख र कष्टका दिन गए : प्रधानमन्त्री ओली

Kp sharma oli

काठमाडौं, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताका अब दु:ख र कष्टका दिन गइसकेको बताएका छन् । बिहीबार सिन्धुलीको कुुसुमटारमा सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले विकासको लहर ल्याएको भन्दै अब नेपाली जनताका दुःख कष्टका दिन गइसकेको बताएका हुन् ।

‘अब हिजोको जस्तो नेपाली जनताका दु:ख, कष्टका दिन गए । सरकारले बहुआयामिक उद्देश्यका आयोजनाहरु बनाउँदै गएको छ । अरु पनि ल्याउदै जानेछ’, प्रधानमन्त्री ओलीले भने । उनले सरकारले अघि सारेका विकासका आयोजनाहरुलाई कोभिड १९ का कारण प्रभाव पारेपनि त्यसलाई परास्त गर्दै अव विकासको गति नरोकिने दावी गरे ।

सो क्रममा प्रधानमन्त्री ओलीले सुनकोशी–मरिन डाइभर्सन आयोजनका मुख्य २ वटा उदेश्य रहेपनि यो बहुआयामीक आयोजना भएको प्रस्ट पारे । उनले आयोजनाबाट बारादेखि धनुषासम्मको १ लाख ८५ विघाहा जमिन सिंचाई हुने तथा ३१ मेगावाट विद्युत उत्पादन गर्ने आयोजना सम्पन्न भएपछि २ नम्बर प्रदेशका जिल्लाहरुमा पुग्ने सिंचाइले तराई हरियाली र बगैँचाका रुपमा विकसित हुने बताए ।

प्रधानमन्त्री ओलीले मधेसमा आफूलाई पस्न नदिए पनि आयोजनाको पानी नरोक्न आग्रह समेत गरेका छन् । ओलीले आयोजनाको पानी नरोक्न प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतलाई आग्रह गरेका हुन् ।

“केपी ओली भनेको मधेसविरोधी भनेर मधेसमा पस्न नदिने भन्थे । केपी ओली नपसे पनि पानीचाहिँ पठाइदिन्छ । खेतचाहिँ भिजाइदिन्छ त्यहाँ,” उनले भने । उनले मधेसका सुक्खा खेतलाई चिसो बनाउने बताए । मुख्यमन्त्री मार्फत् सन्देश पठाउने बताउँदै उनले भने, “मधेसमा केपी ओलीलाई पस्न नदिए हुन्छ । तर, पानी पस्न नरोक्नुहोला ।”

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर