ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाइएको जानकारी दाहाल-नेपालको पत्र संसद सचिवालयमा

संघीय संसद सचिवालय

काठमाडौं, २० फागुन । नेकपाको दाहाल-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट निश्कासन गरेको जानकारी संघीय संसद सचिवालयलाई गराएको छ । सो समूहका सांसदहरु देव गुरुङ, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ र दिनानाथ शर्मा लगायत नेता संसद सचिवालय पुगी पार्टीले प्रधानमन्त्री ओलीलाई साधरण सदस्यबाट नै हटाएको पार्टीको निर्णय सम्बन्धी पत्र दर्ता गराएका हुन ।

सो समुहले ओली समुहलाई संसदीय दलको हैसियतमा गर्ने कुनै पनि कार्यलाई मान्यता नदिन पनि आग्रह गरेको छ । पत्रमा पार्टीको विधान अनुसार साधारण सदस्य तथा अध्यक्ष बाट निश्कासन गरिसकेकाले संसदीय दलको नेताको रुपमा रहन नसक्ने भन्दै सम्बन्धीत सबैको ध्यानाकर्षण गराईएको छ ।

पार्टीको निर्णयसम्बन्धी पत्र दर्ता गराएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता देव गुरुङले संसदीय दलका नेताको सवाल भएकाले उनलाई साधारण सदस्य र अध्यक्षबाट हटाएकोबारे संसद सचिवालयलाई लिखित जानकारी गराइएको बताए ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

5 hours ago

DeeYan Media
बदलिँदो मौसममा हुने रोगबाट बँच्न यि उपायहरु अपनाउनुहोस् । Health Tipsyoutu.be/lLG4dbB05V8 ... See MoreSee Less
View on Facebook

6 hours ago

DeeYan Media
हलमा सुपर डुपर फ्लप डाँडाको वर पीपल अब ओटीटीमाyoutu.be/TRke_8c2_ws ... See MoreSee Less
View on Facebook

23 hours ago

DeeYan Media
youtu.be/BrQ48tMQB9E ... See MoreSee Less
View on Facebook

1 day ago

DeeYan Media
youtu.be/v5lY_M3J40M ... See MoreSee Less
View on Facebook