पर्वतमा चार जलविद्युत् आयोजना निर्माण कार्य तिब्र

जलविद्युत् आयोजना

पर्वत, २१ फागुन । पर्वत जिल्लामा चार जलविद्युत् आयोजना निर्माणाधीन छन् । ऊर्जा खोलाको रुपमा परिचित मोदीखोला र दक्षिण क्षेत्रको सेतीखोलामा थप चार जलविद्युत् आयोजना निर्माणाधीन छन् । ती आयोजनाको क्षमता ५० मेगावाट रहेको छ । मोदीखोलामा तीन र सेतीखोलामा एउटा आयोजना निर्माणाधीन छन् ।

पर्वतको मोदी गाउँपालिकामा रहेको मोदीखोलामा तल्लो मोदी, तल्लो मोदी दुई र मध्यमोदी जलविद्युत् आयोजना र पैयुँ गाउँपालिकास्थित सेतीखोलामा सेतीखोला जलविद्युत् आयोजनाले धमाधम काम गरिरहेका छन् । तल्लो मोदी २० मेगावाट, मध्यमोदी १५ दशमलव एक मेगावाट, तल्लो मोदी दुई आयोजना १० मेगावाट र सेतीखोलामा साढे तीन मेगावाटका आयोजना निर्माणाधीन अवस्थामा रहेका हुन् ।

मोदी इनर्जी कम्पनीले निर्माण गरिरहेको तल्लो मोदी जलविद्युत् आयोजना अन्तिम चरणमा रहेको छ । यो आयोजना चालु आर्थिक वर्षभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने योजना रहेको छ । यो आयोजना यसअघि नै सञ्चालनमा आइसक्नुपर्ने हो । सुरुङमा देखिएको प्राविधिक समस्या, तार टाँग्दा भएको झण्झट, कर्मचारीको आन्दोलन, देशमा भएका विभिन्न खाले विपत्तिका कारण तोकिएको समयमा चार्ज हुन नसकेको आयोजनाले जनाएको छ । अब आयोजनाको काम सकेर परीक्षणको अन्तिम तयारीमा रहेको जनसम्पर्क अधिकृत सुरेन्द्र बेल्वासेले जानकारी दिए।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

This message is only visible to admins.
Problem displaying Facebook posts. Backup cache in use.
Click to show error
Error: Error validating access token: The session has been invalidated because the user changed their password or Facebook has changed the session for security reasons. Type: OAuthException