महिला हिं’साका घ’टना बढ्न थालेपछि किशोरी आ’त्मरक्षा तालीम सञ्चालन

महिला हिं'साका घ'टना बढ्न थालेपछि किशोरी आ'त्मरक्षा तालीम सञ्चालन

कैलाली, २२ फागुन । पछिल्लो समय देशमा महिला हिं’साका घ’टना बढिरहेकाले कैलालीको गौरीगङ्गा नगरपालिकाले किशोरी आ’त्मरक्षा तालीम सञ्चालन गरेको छ । नगरपालिकाले शुक्रबारदेखि तीन माध्यमिक विद्यालयमा एकैसाथ शुरु गरेको तालीममा सक्षम छोरी अभियानले सहजीकरण गरिरहेको छ ।

यस प्रकारको तालीमले समाजमा हुने महिला हिं’सामा कमी आउनाका साथै महिला तथा किशोरीको आ’त्मविश्वास बढ्दा उनीहरू समाजका हरेक स्थानमा पहुँच बढाउन सफल हुने भएकाले तालीम आवश्यक रहेको सक्षम छोरी अभियानका सहजकर्ता शिवराज रिमालले बताए । आ’त्मरक्षा तालीमबाट किशोरीहरू निकै उत्साहित देखिन्छन् ।

आफूहरू माथि समाजमा विभिन्न किसिमका हिं’सा हुने गरेकामा तालीमबाट त्यस्ता हिं’साको प्रतिकार गर्न सिकेकाले आफूले आफूलाई सुरक्षित महसुस गरेको सहभागी दिलमाया राना मगरले बताइन् । नगरपालिका उपप्रमुख अञ्चला चौधरीले किशोरी तथा महिलामाथि नजीकैको वा आफन्तैबाट नजानिँदो पाराले दु’र्ब्यवहार तथा हिं’सा हुने गरेका कारण आ’त्मरक्षा तालीमले शुरुमा उनीहरूलाई गलत छुवाइ र त्यस्ता किसिमका हिं’साबाट बच्न सिकाउने बताइन् ।

पालिकाले वडा नम्बर ८ स्थित जनप्रिय माध्यमिक, वडा नम्बर ४ स्थित कालिका माध्यमिक र वडा नम्बर १ स्थित मालिका माध्यमिक विद्यालयमा गरी १५० किशोरीलाई सहभागी गराई तालीम शुरु गरेको हो ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर