पोखरा, २२ फागुन । एसवाइएस क्लब अफ नेपालले करिब एक बर्ष पछि छोरेपाटन माबिमा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा जिल्ला निर्वाचन कार्यलयका जिला निर्वाचन अधिकारी भिमसेन कार्कीले मानसिक रोगको बर्तमान अवस्थाको बारेमा जानकारी गराएका थिए । उनले भावी दिनहरुमा पनि क्लबलाइ साथ समर्थन जनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।
विद्यालयका साहायक प्रध्यान्ध्यापक खेमराज बरालले कार्यक्रम राम्रो भएको जनाए । साथै आजको दिनमा मानसिक रोगको बिषयमा शिक्षा दिन जरुरी समेत बताउँदै बरालले क्लबलाई धन्यवाद समेत व्यक्त गरे ।
उक्त कार्यक्रममा कल्बका संस्थापक तथा अध्यक्ष ईश्वर पोख्रेलले मानसिक स्वास्थ्य र प्रेरणादायी कुराहरु गरे । उनले क्लबलाई सम्पुर्णले साथ दिएमा भबिस्यका दिनहरुमा यश संबंधित शिक्षा दिन सहज हुने बताए । साथै अब पोखराका अन्य धेरै बिद्यालयहरुमा पनि छिट्टै बिहिन्न कार्यक्रमहरु सन्चालन गरिने पोख्रेलले जनाए ।
उक्त कार्यक्रममा छोरेपाटन माबिमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरुको उत्साहजनक उपस्थिति रहेको थियो । उक्त कार्यक्रमलाई सहजीकरण र सौजन्य साझा इन्टरटेन्मेन्टले गरेको थियो ।