विप्लवलाई पार्टीमा स्वागत गर्ने प्रतिक्षामा छु : प्रचण्ड

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड

काठमाडौं, २२ फागुन । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्षद्वयले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी शान्तिपूर्ण राजनीतिमा आएकोमा स्वागत गरेका छन् । साथै एउटै पार्टीमा बनाउन प्रस्ताव गरेका छन् । शनिबार पेरिसडाँडामा आयोजित कार्यक्रममा विमल अधिकारी नेतृत्वको नेकपा माओवादी समायोजित र विप्लव समूहका दीप तामाङको समूह पार्टी प्रवेश गरेको छ ।

प्रचण्डले नेत्रविक्रम चन्द विप्लवलाई पार्टीमा स्वागत गर्ने प्रतिक्षामा आफू रहेको बताएका छन् । प्रचण्डले विप्लव आफूले कोरेकै गोरेटोमा आएको भन्दै खुसी व्यक्त गरे । उनले भने, ‘छिट्टै यस्तो कार्यक्रम (पार्टी समायोजन तथा प्रवेश)मा स्वागत गर्ने प्रतीक्षामा छु ।’

यस्तै उनले विप्लव आफ्नो टिममा आउनुपर्ने पनि बताए । ‘जहाँसम्म मैले उहाँलाई जानेको छु, चिनेको छु । उहाँ यही ठाउँमा यही लाइनमा यही टिममा उहाँ आउनै पर्छ । मैले धेरै पहिले भनेको थिएँ । जतिबेला उहाँ मबाट अलगिनुभयो । एउटा दिन आउने छ, त्यो दिन तपाईं यहाँ हुने हुने छ भनेको थिएँ ।’

विप्लवले अर्को प्रचण्ड भन्ने प्रयास गरेपनि असफल भएको उनको भनाइ थियो । ‘अर्को प्रचण्ड अहिले हुँदैन भनेको थिएँ । उहाँ प्रचण्डकै बाटोमा आउनुभयो । त्यसकारण उहाँलाई धन्यवाद दिन्छु ।’ आँफू र माधव नेपालले नेतृत्व गरेको पार्टी नै मुल पार्टी भनेर सावित भइसकेको उनले बताए ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर