ब्राजिलमा कोरोनाका कारण एकै दिनमा १५ सयभन्दा बढीको मृत्यु

मृत्यु

ब्राजिलमा कोरोना भाइरसका कारण एकै दिनमा थप १५ सयभन्दा बढीको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक हजार ५५५ जनाको मृत्यु भएको हो ।

योसँगै ब्राजिलमा कोरोनाका कारण अहिले सम्म मृत्यु भएकाहरुको सङ्ख्या दुई लाख ६४ हजार ३२५ पुगेको मन्त्रालयले जनाएको छ । ब्राजिलमा एकै दिनमा ६९ हजार ६०९ जना कोरोना भाइरस बाट सङ्क्रमित भएको पुष्टि गरिएको छ ।

योसँगै कुल सङ्क्रमितको सङ्ख्या १ करोड ९ लाख ३८ हजार पुगेको छ । दक्षिण अमेरिकी मुलुक मध्ये ब्राजिलमा मात्रै एकै दिनमा सबै भन्दा धेरैको मृत्यु भएको हो । यसअघि गत बुधबार एकै दिन एक हजार ९१० जनाको मृत्यु भएको थियो । एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर